ह्वावे पुरा ९० प्लसका लाइभ तस्बिर सार्वजनिक, चिपसेटबारे पनि जानकारी बाहिरियो

ह्वावेले पुरा ९० प्लस स्मार्टफोन सार्वजनिक गर्ने आधिकारिक पुष्टि गर्दै चीनमा यसको प्रि-अर्डर खुला गरेको छ। अक्टोबर २८ मा सार्वजनिक हुने तयारीमा रहेको यस फोनका प्राविधिक विवरण कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको छैन। तर कम्पनीका रिटेल स्टोरहरूमा फोन प्रदर्शन गर्न थालिएको छ र अनलाइनमा सार्वजनिक भएका तस्बिरले यसको चिपसेटबारे महत्त्वपूर्ण जानकारी दिएका छन्। प्रदर्शनमा राखिएको एउटा फोनको ‘अबाउट फोन’ स्क्रिनमा नयाँ किरिन ९०२५ चिपसेट, १२ जीबी र्याम, २८४८ × १२७६ पिक्सेलको स्क्रिन रिजोल्युसन, हार्मोनीओएस ७ र एलसीआई-एएल०० मोडल नम्बर उल्लेख छ। किरिन ९०२५ चिपसेट प्रयोग गर्ने यो पहिलो स्मार्टफोन हो। हालै एक टिपस्टरले यो चिपसेट किरिन ९०२० को ओभरक्लक गरिएको संस्करण भएको दाबी गरेका थिए। अन्य तस्बिरमा सनसेट पर्पल रङको फोनका घुमाउरा किनारा र त्रिकोणात्मक क्यामेरा मोड्युल देखाइएको छ। अर्का एक टिपस्टरका अनुसार, ह्वावे पुरा ९० प्लसले पुरा ८० प्रोको तुलनामा समग्र कार्यक्षमतामा १९ प्रतिशत सुधार प्रदान गर्छ। पुरा ८० प्रोमा किरिन ९०२० चिपसेट प्रयोग गरिएको छ। ती टिपस्टरले किरिन ९०२५ को कार्यक्षमता पुरा ९० प्रो र पुरा ९० प्रो म्याक्समा प्रयोग गरिएको किरिन ९०३०एस चिपसेटको हाराहारीमा रहेको दाबी पनि गरेका छन्। यद्यपि, यी दाबी कति सही छन् भन्ने पुष्टि गर्न बेन्चमार्क परीक्षणको नतिजा कुर्नुपर्नेछ। यस स्मार्टफोनमा ६.८ इन्चको घुमाउरो १.५के एलटीपीओ ओएलईडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट हुने बताइएको छ। यसअघि सार्वजनिक भएको जानकारीअनुसार, फोनमा भेरिएबल अपर्चरसहितको ५० मेगापिक्सेलको १ इन्च टाइप आरवाईवाईबी मुख्य क्यामरा हुनेछ। ह्वावेले यसअघि नै फोनमा १२ जीबी र्याम र २५६ जीबी, ५१२ जीबी वा १ टीबी स्टोरेज विकल्प उपलब्ध हुने पुष्टि गरिसकेको छ। फोन डन गोल्ड, अब्सिडियन ब्ल्याक, सनसेट पर्पल र स्नोई ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ। यी विशेषता पुरा ८० प्रोका विशेषतासँग मिल्दोजुल्दो छन्। पुरा ८० प्रोमा पनि ६.८ इन्चको १२७६ × २८४८ पिक्सेल डिस्प्ले र भेरिएबल अपर्चरसहितको ५० मेगापिक्सेलको १ इन्च टाइप मुख्य क्यामेरा छ। फोनको मूल्यसहित बाँकी विवरण अक्टोबर २८ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ। The post ह्वावे पुरा ९० प्लसका लाइभ तस्बिर सार्वजनिक, चिपसेटबारे पनि जानकारी बाहिरियो appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत हुँदै, केही सेवा ९ घण्टा अवरुद्ध हुने
नेपाल टेलिकमले बिलिङ प्रणालीको नियमित मर्मतसम्भार गर्ने भएकाले भोलि ११ गते बिहान १२:३० बजेदेखि करिब ९ घण्टासम्म केही सेवा अवरुद्ध हुन सक्ने जनाएको छ। टेलिकमले आज एक सूचना जारी गर्दै यसबारे सम्बद्ध सबैलाई जानकारी दिएको हो। कम्पनीका अनुसार उक्त अवधिमा प्याकेज सब्सक्रिप्सन, क्वेरी तथा एमपीओएस रिचार्ज सेवा प्रभावित हुन सक्नेछन्। मर्मतसम्भार अवधिमा उल्लेखित सेवाबाहेक अन्य सेवा भने नियमित रूपमा सञ्चालन हुने टेलिकमले ...

एप्पलको फोल्डेबल फोनमा देखिए यस्ता समस्या
आइफोन डुओका नामले चिनिने एप्पलको फोल्डेबल फोनका अधिकांश समीक्षा सकारात्मक छन्। तर समीक्षाहरूले फोनमा धेरै कमजोरी पनि औँल्याएका छन्। एप्पलले पहिलो पटक फोल्ड हुने फोन बजारमा ल्याएपछि आएका प्रारम्भिक प्रतिक्रियाहरू समग्र फोल्ड हुने फोन क्षेत्रका प्रतिक्रियासँग मिल्दोजुल्दो छन्। यसलाई सामान्यतया राम्रो र नयाँ प्रकारको उपकरणका रूपमा हेरिएको छ। तर, फोन र ट्याब्लेट दुवैका रूपमा यसले कत्तिको राम्रो काम गर्छ, पटकपटक फोल्ड गर्दा ...

१० हजार एमएएच ब्याट्री र ६.८३ इन्च डिस्प्लेसहित भिभो वाई६०० सार्वजनिक
भिभोले १० हजार एमएएच क्षमताको ब्याट्री र ६.८३ इन्चको डिस्प्लेसहित नयाँ स्मार्टफोन भिभो वाई६०० सार्वजनिक गरेको छ। कम्पनीले घोषणा गरेअनुसार यो फोन चीनमा प्रि–अर्डरका लागि उपलब्ध भइसकेको छ। यसको खुला बिक्री भने अक्टोबर ३० देखि सुरु हुने अनुमान गरिएको छ। फोनमा रहेको १० हजार एमएएच क्षमताको ब्याट्रीले ब्याट्री टिकाउ क्षमतासम्बन्धी गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेको छ। गिनिज वर्ल्ड रेकर्ड्सको परीक्षणअनुसार फोनले लगातार ...


