ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने

यस महिनाको सुरुमा सार्वजनिक भएको एक रिपोर्टअनुसार ह्वावेले ‘जिङमाङ’ नामको नयाँ उपब्रान्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ। चिनियाँ भाषामा जिङमाङको अर्थ ‘स्टारलाइट’ हुन्छ। अहिले एक टिपस्टरले उक्त ब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनका विवरण सार्वजनिक गरेका छन्। टिपस्टर डिजिटल च्याट स्टेसनका अनुसार ह्वावेको नयाँ उपब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनमा फराकिलो स्क्रिनसहितको क्यान्डीबार डिजाइन हुनेछ। जीएसएमएरिनाका अनुसार उक्त फोनमा ६.३९ इन्चको डिस्प्ले र किरिन ९००० सिरिजको चिपसेट रहने बताइएको छ। यसको सबैभन्दा उच्च क्षमताको संस्करणमा १६ जीबीसम्म र्याम र १ टीबी स्टोरेज उपलब्ध हुने जनाइएको छ। टिपस्टरका अनुसार यो फोन अर्को महिना सार्वजनिक हुनेछ। डिजिटल च्याट स्टेसनले ‘स्टारलाइट’ उक्त उपब्रान्डको चिनियाँ नामको अंग्रेजी अनुवाद मात्र भएको र यही नाम आधिकारिक रूपमा प्रयोग नहुन सक्ने पनि जनाएको छ। यसअघि सार्वजनिक भएको अर्को रिपोर्टमा ह्वावेको स्टारलाइट ब्रान्डअन्तर्गतका फोन मध्यम मूल्य श्रेणीका हुने र तिनमा किरिन ८ सिरिजका चिपसेट प्रयोग गरिने उल्लेख थियो। ती फोनमा हार्मोनीओएस सञ्चालन प्रणाली र ह्वावेको एक्सएमएजीई इमेजिङ प्रविधि पनि कायम रहने रिपोर्टमा जनाइएको थियो। The post ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

आफ्नो फेसबुक अकाउन्टलाई निजी बनाउन चाहनुहुन्छ? यस्तो छ फेसबुक प्रोफाइल लक गर्ने तरिका
के तपाईं आफ्नो फेसबुक खातामा अझ बढी गोपनीयता चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने, तपाईं आफ्नो प्रोफाइल ‘लक’ गरेर खातालाई थप गोप्य बनाउन सक्नुहुन्छ। प्रोफाइल लक गर्दा, तपाईंको फेसबुक साथीहरूको सूचीमा नभएका व्यक्तिहरूले तपाईंको प्रोफाइलको सीमित भाग मात्र हेर्न पाउनेछन्। प्रोफाइल लक गरिएको अवस्थामा, तपाईंको टाइमलाइनमा रहेका तस्बिर तथा पोस्टहरू, प्रोफाइल तस्बिर र कभर तस्बिर, स्टोरीहरू, र नयाँ पोस्टहरू केवल तपाईंको साथीहरूको सूचीमा ...

अमेरिकी टेलिफोन नम्बरहरूमा चिनियाँ दूरसञ्चार कम्पनीहरूको प्रत्यक्ष पहुँचमा रोक लगाउने अमेरिकी योजना
संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकी फोन नम्बरहरूमा प्रत्यक्ष पहुँच राख्नबाट चाँडै प्रतिबन्ध लगाउने योजना बनाएको छ। यो कदम ठगीसँग सम्बन्धित स्वचालित फोन कलहरू (रोबोकल्स) रोक्ने उद्देश्यले चालिएको हो। अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले गत साता जनाए अनुसार, ‘चाइना मोबाइल’, ‘चाइना टेलिकम’, ‘चाइना युनिकम’ तथा आईपीमा आधारित सेवा प्रदान गर्ने अन्य कम्पनीहरूलाई अमेरिकी फोन नम्बरहरूमा ...

तेस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घट्यो: रिपोर्ट
अनुसन्धान संस्था ओम्डियाको नयाँ प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन ढुवानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले घटेको छ। उक्त त्रैमासिकमा उत्पादकहरूले कुल २५ करोड ४७ लाख स्मार्टफोन ढुवानी गरेका छन्। प्रतिवेदनअनुसार सन् २०१३ यताकै तेस्रो त्रैमासिकमा सबैभन्दा कम स्मार्टफोन ढुवानी भएको हो। स्मार्टफोनको मूल्य बढ्नु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। सामसङले ५ करोड ७८ लाख स्मार्टफोन ...

चीनको गोप्य अन्तरिक्ष विमानको नयाँ तस्बिर अमेरिकी सेनाद्वारा सार्वजनिक
अमेरिकी सैन्य गुप्तचर निकायले चीनको गोप्य अन्तरिक्ष विमानको नयाँ तस्बिर सार्वजनिक गरेको छ। तस्बिरमा उक्त विमान अन्तरिक्षमा अर्को अन्तरिक्षयानसँग जोडिएको देखिन्छ। यो तस्बिर सन् २०२४ मा भान्टोरको वर्ल्डभ्यु–३ भूउपग्रहले ९० किलोमिटरको दूरीबाट खिचेको थियो। यसअघि पनि पृथ्वीबाट अवलोकन गर्नेहरूले चीनको सेन्लोङ अन्तरिक्ष विमानको तस्बिर खिचेका थिए। तर, अन्तरिक्षबाट भान्टोरले खिचेको यो नयाँ तस्बिरमा रहस्यमय अन्तरिक्षयानका थप विवरण स्पष्ट देखिएका छन्। तस्बिरको रेजोल्युसन ...


