ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचरहरू सार्वजनिक गरेको छ। पहिलो फिचर ग्रुप स्टाटस हो। यसले प्रयोगकर्तालाई कुनै ग्रुपका सदस्यले मात्र हेर्न सक्ने स्टाटस राख्न सुविधा दिन्छ। ग्रुपका सदस्यहरूले त्यस्ता स्टाटस हेर्न, प्रतिक्रिया दिन र लाइक गर्न सक्नेछन्। उनीहरूले आफ्नै स्टाटस पनि राख्न सक्नेछन्। नियमित स्टाटसजस्तै ग्रुप स्टाटस पनि २४ घण्टापछि आफैँ हट्नेछ। जीएसएमएरिनाका अनुसार ह्वाट्सएपले यसअघि नै ग्रुपमा नयाँ सदस्य थप्दा ग्रुप एडमिनलाई पुराना सन्देशको इतिहास उपलब्ध गराउने सुविधा दिएको थियो। अब नयाँ सदस्य ग्रुपमा जोडिएपछि पनि उनीहरूसँग पुराना सन्देश साझा गर्न सकिनेछ। यसका लागि ग्रुप च्याटमा नयाँ सदस्यको नाममा ट्याप गर्नुपर्नेछ। सन्देशसँग सम्बन्धित अर्को सुविधाअन्तर्गत अब ह्वाट्सएप ग्रुप च्याटमा कुनै सन्देशलाई समयसीमाबिना स्थायी रूपमा पिन गर्न सकिनेछ। ह्वाट्सएपले नयाँ च्याट फिल्टर पनि ल्याएको छ। यसले आफूलाई उल्लेख गरिएको वा प्रत्यक्ष जवाफ प्राप्त भएको तर अझै नपढिएको ग्रुप च्याट देखाउनेछ। यसमा सबै सदस्यलाई एकैपटक उल्लेख गर्ने एट अल (@all) सन्देश पनि समावेश हुनेछन्। The post ह्वाट्सएपले ग्रुप स्टाटससहित नयाँ फिचर सार्वजनिक गर्यो appeared first on Technology Khabar.
ह्वाट्सएपले ग्रुप स्टाटससहित नयाँ फिचर सार्वजनिक गर्यो

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






