Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

ह्वाट्सएपमा अब आवाज सहितका स्टिकर पठाउन सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्वाट्सएपमा अब आवाज सहितका स्टिकर पठाउन सकिने
Photo / Coverage: टेक्नोलोजी खबर

ह्वाट्सएपले आवाज सहितका एनिमेटेड स्टिकर बनाउन र पठाउन सकिने नयाँ सुविधा प्रयोगकर्ताको लागि ल्याउन थालेको छ। अडियो स्टिकर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड परिक्षण भर्सनमा देखिएका थिए। त्यतिबेला यो सुविधा विकासकै क्रमम थियो। अहिले भने ह्वाट्सएको भर्सन २.२६.४७.१ म यो सुविधा उपलब्ध गराउन थालिएको छ। सुरुमा गुगल प्ले स्टोरमार्फत बिटा भर्सन परिक्षण गरिरहेका केहि प्रयोगकर्ताले मात्रै यो सुविधा प्रयोग गर्न पाउनेछन्। प्रयोगकर्ताले स्टिकर किबोर्डबाटै यस्ता स्टिकर बनाउन सक्नेछन्। त्यसकालागि क्रिएट स्टिकर अप्सन छनोट गरी फोनको ग्यालरिमा रहेको भिडियो छान्नुपर्छ। त्यसपछि ह्वाट्एपले उक्त भिडियोलाई एनिमेटेड स्टिकरमा परिवर्तन गर्छ। स्टिकर सम्पादन गर्ने अप्सनको माथिको भागमा नयाँ अडियो बटन थपिएको छ। जस बटमबाट स्टिकरसँगै बज्ने आवाज छनोट गर्न सकिन्छ। प्रयोगकर्ताले भिडियोमा भएको वास्तविक आवाज नै राख्न एपमा उपलब्ध साउन्ड प्रभाव छनोट गर्न, फाइल म्यानेजरबाट गीत वा अन्य अडियो राख्न वा आफ्नै आवाज रेकर्ड गर्न सक्नेछन्। स्टिकर च्याटमा पठाउँदा त्यसको छेउमा सानो अडियो आइकन देखिने छ। यसले प्राप्त गर्नेले अडियो आइकनमा थिचेपछि मात्रै आवाज सुन्न सक्नेछन्। आवाज लगातार तीनपटक बजेपछि आफै रोकिने छ। ह्वाट्सएपले स्टिकर र त्यससँग जोडिएको अडियो दुवैलाई इन्ड टु इन्ड इन्क्रिप्सन मार्फत सुरक्षित गरिएको जनाएको छ। टेलिग्राफका अनुसार, एन्ड्रोइडमा ह्वाट्एपको बिटा प्रोग्रामअन्तर्गत रहेका सबै प्रयोगकर्ताले तत्काल यो सुविधा पाउने छैनन्। आगामी केहि साताभित्र थप परिक्षणकर्तामाझ उपलब्ध हुने अनुमान गरिएको छ। यो सुविधा आईओएस डिभाइसमा पनि देखिन थालेको छ। सुरुमा टेस्टफ्लाइट प्रयोग गर्ने केहि प्रयोगकर्ता र एप स्टोरबाट ह्वाट्एप डाउनलोड गरेका केहि प्रयोगकर्ताले समेत यो सुविधा पाउन थालेका छन्। आवाज सहितका स्टिकर ह्वाट्एपका सबै प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुने भन्नेबारे स्पष्ट नभएको टेलिग्राफले जनाएको छ। The post ह्वाट्सएपमा अब आवाज सहितका स्टिकर पठाउन सकिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वनपासवर्डमा साइबर आक्रमण : ग्राहकका व्यक्तिगत विवरण चोरी, पासवर्ड भल्ट भने सुरक्षित
TechnologyJust now

वनपासवर्डमा साइबर आक्रमण : ग्राहकका व्यक्तिगत विवरण चोरी, पासवर्ड भल्ट भने सुरक्षित

काठमाडौं । पासवर्ड सुरक्षित राख्ने लोकप्रिय सेवा वनपासवर्ड साइबर आक्रमणको निशानामा परेको छ । आक्रमणकारीले कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएर केही ग्राहकका व्यक्तिगत विवरण र कम्पनीको स्रोत कोड चोरी गरेको पुष्टि भएको छ । यद्यपि, प्रयोगकर्ताका पासवर्ड तथा भल्टमा सुरक्षित सामाग्रीमा कुनै असर नपरेको कम्पनीले दाबी गरेको छ ।कम्पनीले नोभेम्बर १९ मा आफ्नो एक कर्मचारीको कर्पोरेट गिटहब खातामा अनधिकृत ...

आइसिटी समाचार
च्याटजीपीटीको च्याट र वर्क सुविधा एकै प्रणालीमा, प्रयोग सीमा घट्न सक्ने
TechnologyJust now

च्याटजीपीटीको च्याट र वर्क सुविधा एकै प्रणालीमा, प्रयोग सीमा घट्न सक्ने

काठमाडौं । ओपनएआईले आफ्नो एआई सेवा च्याटजीपीटीका च्याट र वर्क सुविधालाई एउटै उपयोग प्रणालीमा समेट्न थालेको छ । कम्पनीले परीक्षणका रूपमा केही प्रो सदस्यका खातामा नयाँ व्यवस्था लागू गरेसँगै स:शुल्क प्रयोगकर्तामाझ यसको प्रभावबारे बहस सुरु भएको छ ।ओपनएआईका उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत केही प्रो प्रयोगकर्ताले नयाँ प्रणालीको अनुभव गर्न थालिसकेको जानकारी दिएका हुन् । यसअघि ...

आइसिटी समाचार
नेपालभर एआई र साइबर सुरक्षा शिक्षा विस्तार गर्न ‘वान कभर’ र ‘टिब्यान’ बीच समझदारी
TechnologyJust now

नेपालभर एआई र साइबर सुरक्षा शिक्षा विस्तार गर्न ‘वान कभर’ र ‘टिब्यान’ बीच समझदारी

१२ मंसिर, काठमाडौं। नेपालका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई विश्वस्तरको कृत्रिम बौद्धिकता (एआई) तथा साइबर सुरक्षासम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले साइबर सुरक्षा कम्पनी वान कभर प्रा. लि. (One Cover Private Limited) र टेक ब्लगर्स एसोसिएसन अफ नेपाल (TBAN) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । छ महिना अवधिको ‘आईबीएम एआई डेभलपर प्रोफेसनल सर्टिफिकेट’ (IBM AI Developer Professional […] The post नेपालभर एआई ...

आइसिटी फ्रेम
सोनीको प्लेस्टेसनका लागि ‘जीटीए ६’ गेम बन्यो सबैभन्दा ठूलो लन्च
TechnologyJust now

सोनीको प्लेस्टेसनका लागि ‘जीटीए ६’ गेम बन्यो सबैभन्दा ठूलो लन्च

‘ग्रान्ड थेफ्ट अटो ६’ (जीटीए ६) ले गेमिङ क्षेत्रमा ठूलो प्रभाव पार्दै धेरै कीर्तिमानहरू कायम गरेको छ। यो सोनीको ‘प्लेस्टेसन’ का लागि अहिलेसम्मकै सबैभन्दा ठूलो ‘लन्च’ बनेको छ। सार्वजनिक भएको पहिलो दिनमै, जीटीए ६ ले ३.७९ अर्ब डलरको बिक्री हासिल गर्‍यो, जुन मनोरञ्जन उद्योगका लागि एउटा नयाँ कीर्तिमान हो र यसले चलचित्रहरूको ‘बक्स अफिस’ कमाइलाई समेत उछिनेको छ। रकस्टार गेम्सको यो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement