Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइते
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार गोली चलेको छ। वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार घटनामा गोली हान्ने व्यक्तिसमेत २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको जस्तो देखिएको बताएका छन्। वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले पत्रकार सम्मेलनमा प्रहरी घटनास्थलमा ३० सेकेन्डभित्रै पुगेको बताए। वासिङ्टन डीसीमा रहेको ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर टाढा मात्र गोली चलेको हो। अमेरिकी समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले सुरुमा फिटनेस सेन्टरभित्र एक व्यक्तिलाई गोली हानेका थिए। त्यसपछि ती व्यक्तिले जिमबाट बाहिर निस्किएर पार्किङ ग्यारेजमा पनि गोली चलाए। जहाँ एक जनालाई गोली लाग्यो। घटनापछि त्यस क्षेत्रमा भागदौड भएको थियो। मानिसहरू आफ्नो ज्यान बचाउन पसल र घरहरूमा लुकेका थिए। लगत्तै प्रहरीले त्यस क्षेत्रलाई घेराबन्दी गरी मानिसहरूलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएको थियो। प्रहरीले स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजे आसपास गोली चलेको खबर पाएको थियो। गोली लागेर घाइते चार जनालाई अस्पताल लगिएको छ, जसमध्ये एकको अवस्था गम्भीर छ। प्रहरीले गोली चलाउने व्यक्ति एक गोरा पुरुष भएको बताएको छ। प्रहरीले अपार्टमेन्ट भवनको घरधनी संघसँग विवाद भएको हुन सक्ने अनुमान गरेको छ। यद्यपि प्रहरीले गोली चलाउनुको कारण अझै पुष्टि गरेको छैन। अनुसन्धानकर्ताहरूले विवाद र आक्रमणकारीले किन गोली चलाए भन्ने बारेमा अनुसन्धान गरिरहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘सरकार श्रम सम्झौता गर्छ, दूतावासचाहिँ माग प्रमाणीकरण गर्दैन’
Latest NewsJust now

‘सरकार श्रम सम्झौता गर्छ, दूतावासचाहिँ माग प्रमाणीकरण गर्दैन’

काठमाडौँ । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको वैदेशिक रोजगारी पछिल्लो तीन दशकदेखि खाडी मुलुक र मलेसियाको वरिपरिमात्रै घुमिरहेको छ । विश्व बजारमा रोजगारीका नयाँ र आकर्षक गन्तव्यहरू विशेषगरी युरोपेली मुलुकतिर... ...

रातोपाटी
दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै
Latest NewsJust now

दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै

बागमती, कात्तिक २७ गते । हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।सोसाइटीका अध्यक्ष राजु थापा... ...

गोरखापत्र
दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै
Latest NewsJust now

दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै

मकवानपुर । हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् । सोसाइटीका अध्यक्ष राजु थापाका अनुसार राइडमा मकवानपुर र... ...

रातोपाटी
नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रम
Latest NewsJust now

नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रम

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड रुस प्रस्थान गरेका छन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान रुसतर्फ लागेका हुन्। उक्त सम्मेलनमा ६० भन्दा धेरै देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। प्रचण्डका साथमा प्रमुख स्वक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play