Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन कांग्रेसको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन कांग्रेसको माग
Photo / Coverage: नेपालन्युज

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्बासीलाई राखिएका होल्डिङ सेन्टर खाली गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वासको व्यवस्था गर्न माग गरेको हो। सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीलाई मंसिर ११ गते शनिबारसम्म स्थान खाली गर्न सूचना जारी गरेको छ। भक्तपुर जिल्ला प्रशासन कार्यालयमार्फत जारी उक्त सूचनाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले जारी गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछ।’ कांग्रेसले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय तथा दीर्घकालीन उपायबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। ‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ पार्टीले आफ्नो निर्णयमा उल्लेख गरेको छ। चार दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकको अर्को सत्र शुक्रबार बिहान साढे ८ बजे बस्नेछ। यसैबीच, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्थाबारे समन्वय र सहजीकरण गर्न कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव
Latest NewsJust now

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयबाट यादवलाई उक्त जिम्मेवारी दिएका हुन् । महोत्तरीको प्रमुख जिल्ला अधिकारी... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ । सङ्घका अध्यक्ष अनिलकुमार साहले आज सञ्चारकर्मीसँग भ्रमणका उपलब्धिबारे धारणा सार्वजनिक गर्दै यसले नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको र नेपाली उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताए । उनका अनुसार भारतको कोलकाता र विशाखापट्टनमसँगै गुजरातको दीनदयाल ...

कर्पोरट खबर
दुर्घटना गराएर भागेका चालक स्कर्पियोसहित पक्राउ
Latest NewsJust now

दुर्घटना गराएर भागेका चालक स्कर्पियोसहित पक्राउ

सिरहा । सवारी दुर्घटना गराएर फरार रहेका चालकलाई प्रहरीले स्कर्पियोसहित नियन्त्रणमा लिएको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कर्पियोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न चालक पक्राउ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement