Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी भन्छन्– ‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’
Photo / Coverage: पर्दाफास

वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् । सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी नागरिकले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले शुक्रवार बिहानैदेखि खाना दिन छोडेको तथा आजैदेखि होल्डिङ सेन्टर छोडेर जान निर्देशन दिएको थियो । सुकुम्बासी नागरिक हरिमाया जिम्बाले आफूहरू थापाथलीबाट विस्थापित भएर बोडे आइपुगेको बताइन् । उनका अनुसार कीर्तिपुरस्थित आश्रयस्थलमा करिब साढे दुई महिना बसेपछि डुबानका कारण उनीहरुलाई बोडे सारिएको थियो । अहिले बोडेमा रहेकामध्ये सात परिवारलाई मात्र वास्तविक सुकुम्बासी मानेर सरकारले अन्य सबैलाई हटाउन खोजेको आरोप लगाइन् । उनले आफूहरू नेपाली नागरिक भएकाले सरकारले सम्मानपूर्वक बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिन् । सरकारले वैकल्पिक बसोबासको व्यवस्थापन गर्न नसक्ने भए आफूहरुलाई थापाथलीमै छोडिदिनुपर्ने समेत उनको माग छ । अर्का सुकुम्बासी नागरिकले समेत आफूहरू लामो समयदेखि सुकुम्बासी बस्तीमा बस्दै आएको उल्लेख गर्दै सरकारले पुनःस्थापनाको प्रतिबद्धता पूरा नगरेसम्म होल्डिङ सेन्टरमा ननिस्किने बताए । उनले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि ६ महिना बितिसक्दा समेत उचित व्यवस्था गर्न नसकेको उनको गुनासो छ । ‘हामी यहाँ बस्न थालेको ५० औँ वर्ष भइसक्यो, अनि हाम्रो बस्तीमाथि डोजर लगाउने ? हामीलाई उठाइसकेपछि सरकारले १५ दिनमा व्यवस्थापन गर्छौँ भनेको होइन ? १५ दिन कहाँ गयो ? ६० दिन कहाँ गयो ? सय दिन कहाँ गयो ? अनि ६ महिना कहाँ गयो ? अनि अहिले जबरजस्ती उठाउन आउने ? बरु १ चम्चा पानीमा डुबेर मरे हुन्छ सरकार । दुई तिहाईको सरकारले चाहेमा के गर्न सक्दैन ? अनि यस्तो गर्न मिल्छ ? मिल्दैन नि’ उनले भने । त्यसैगरी अर्का सुकुम्बासी नागरिकले आफूहरुको अन्यत्र घरजग्गा नभएको र भाडामा बस्न सक्ने आर्थिक अवस्था पनि नरहेको बताए । साना बालबालिका भएका परिवारलाई कोठा पाउनसमेत कठिनाइ भइरहेको भन्दै उनले सरकारले नै उचित व्यवस्थापन गरिदिनुपर्ने उनको माग छ । सरकारले बोडेस्थितको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवारलाई शुक्रवार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ । खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद
OthersJust now

मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद

सरकारले अनुचित लेनदेन (मिटरब्याज) (नियन्त्रण तथा नियमन) विधेयक संसद्मा लैजाने तयारी थालेको छ । यसका लागि गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ । ...

अनलाइन खबर
निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन
OthersJust now

निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना : ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन

निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण रूपमा कार्यान्वयन गरेको छ । आयोगका अनुसार १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा क्रियाकलाप अझै सुरु हुन सकेका छैनन् । शुक्रवार ललितपुरमा आयोजित चौथो पञ्चवर्षीय रणनीतिक योजनासम्बन्धी सरोकारवालासँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ...

पर्दाफास
इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने
OthersJust now

इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने

सुरक्षा निकायले अमानवीय व्यवहार गरेको भन्दै पत्नीक कविताले उजुरी दिएपछि आयोगको टोली सोमबार इनमलाई राखेको ठाउँको निरीक्षण गर्न जाने भएको छ । ...

अनलाइन खबर
करोडौंको लगानीअघि शार्कले खोज्नेछन् यी कुरा, सुरु हुँदैछ ‘शार्क ट्याङ्क नेपाल सिजन २’
OthersJust now

करोडौंको लगानीअघि शार्कले खोज्नेछन् यी कुरा, सुरु हुँदैछ ‘शार्क ट्याङ्क नेपाल सिजन २’

‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजनको नयाँ प्रोमो सार्वजनिक भएको छ । केही घण्टाअघि सार्वजनिक प्रोमोमा पहिलो सिजनमा शार्कहरूले गरेका लगानी सम्झौता र त्यसमा जोडिएका उद्यमीका डिलका झलकहरु समेटिएका छन् । नयाँ प्रोमो सार्वजनिक भएसँगै दोस्रो सिजनलाई लिएर दर्शकमाझ उत्सुकता थपिएको छ । त्यस्तै, बिहीबार सार्वजनिक ‘बियोन्ड द ट्यांक’मा शार्कहरूले पहिलो सिजनको अनुभव सुनाएका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement