काठमाडौं– पछिल्लो ४८ घण्टामा होर्मुज जलडमरुमा पाँच वटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा परेर आक्रमणको निशानामा परेको इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले जनाएको छ । संस्थाका अनुसार आक्रमणमा परेका दुई वटा पानीजहाज जलडमरुको दक्षिणी क्षेत्रमा र अन्य तीन वटा मध्य तथा पूर्वी क्षेत्रमा रहेका थिए । यसैबीच इरानका सैन्य कमान्डरहरूले मध्यपूर्वबाट अमेरिका र इजरायललाई पछि हट्न बाध्य पार्ने तथा शत्रुलाई पराजय स्वीकार गराउने रणनीतिमा काम गरिरहेको एक इरानी सांसदले बताएका छन् । इरानको समाचार संस्था इरनाका अनुसार राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य वाहिद अहमदीले सेनाका उच्च अधिकारीहरूले नयाँ तथा परिमार्जित रणनीतिक निर्णय कार्यान्वयन गरिरहेको बताएका हुन् । यद्यपि उनले ती निर्णयबारे विस्तृत जानकारी दिएका छैनन् । पछिल्ला केही दिनयता इरानको शीर्ष नेतृत्वले अमेरिका र इजरायलसँग जारी न्यून तीव्रताको युद्धको वर्तमान अवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । -फाइल तस्विर
होर्मुजमा पाँच तेल ट्यांकर समुद्री बारुदी सुरुङको निशानामा, शत्रुलाई हार स्वीकार गराउने रणनीतिमा इरानी सेना

Read Complete Original Article
Published originally on विश्वखबर






