काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले २७ बलमा ५ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनले १८५.१८ को स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गरिरहेका छन् । यसअघि पोखराकै युवराज सामराले पनि ३७ बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाएका छन् । पोखराले ११.३ ओभरमा १ विकेट गुमाएर १३७ रन बनाएको छ । काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
२७ बलमै कुशलको अर्धशतक, पोखराको आक्रामक ब्याटिङ जारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






