Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौं।सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो। उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याइए लगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरियो। परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ। घाइतेको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराको लज्जास्पद ब्याटिङ, लुम्बिनीले पायो झिनो लक्ष्य
Latest NewsJust now

पोखराको लज्जास्पद ब्याटिङ, लुम्बिनीले पायो झिनो लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध सामान्य स्कोर बनाउँदै खराब ब्याटिङ प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ९७ रन बनाउन सक्यो। पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए भने कप्तान कुशल भुर्तेलले १४ ...

केन्द्रबिन्दु
पाेखराले लुम्बिनीलाई दियाे ९८ रनकाे लक्ष्य
Latest NewsJust now

पाेखराले लुम्बिनीलाई दियाे ९८ रनकाे लक्ष्य

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले ९७... ...

रातोपाटी
ट्रम्पलाई मार्ने धम्कीसहित तेहरानमा विशाल होर्डिङ बोर्ड
Latest NewsJust now

ट्रम्पलाई मार्ने धम्कीसहित तेहरानमा विशाल होर्डिङ बोर्ड

तेहरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ। यसले राजधानीमा देखिँदै आएको सरकार समर्थित राजनीतिक प्रचारलाई थप आक्रामक बनाएको छ। तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ। फेब्रुअरी २८ ...

केन्द्रबिन्दु
टोपबहादुर रायमाझी कार्तिक २६ मा रिहा हुने
Latest NewsJust now

टोपबहादुर रायमाझी कार्तिक २६ मा रिहा हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी रिहा हुने भएका छन् । काठमाडौं । जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । रायमाझीले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । संसोधित कैदी पुर्जी अनुसार रायमाझी कार्तिक २६ मा छुट्ने भएका हुन् ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play