Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ। क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ। “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा प्राधिकरण हार्दिक समवेदना व्यक्त गर्दछौं”, विज्ञप्तिमा भनिएको छ। दुर्घटनामा घाइते भएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना समेत गरिएको छ। आज बिहान ८ः१२ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन—एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टरहरू दुर्घटनामा परेका थिए। दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार दुई विदेशी नागरिक सवार थिए। दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ। साथै मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको क्यानले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
Latest NewsJust now

पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ। जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ। उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ। पोखरा भने अहिलेसम्म जितविहीन छ। उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो। पोखरा ...

नेपालन्युज
आन्द्रे रसेलले गरे नेपाली समर्थकको प्रशंसा, भने– अर्को वर्ष पूरै प्रतियोगिताका लागि आउँछु
Latest NewsJust now

आन्द्रे रसेलले गरे नेपाली समर्थकको प्रशंसा, भने– अर्को वर्ष पूरै प्रतियोगिताका लागि आउँछु

काठमाडौं । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले नेपालमा क्रिकेट खेल्दा आफूले निकै रमाइलो अनुभव गरिरहेको बताएका छन् । आजको खेल जितेपछि प्रतिक्रिया दिँदै रसेलले नेपाली क्रिकेट समर्थकको खुलेर प्रशंसा गरे । उनले समर्थकको उत्साह र समर्थनले मैदानमा खेलाडीलाई थप ऊर्जा दिने बताए । ‘म यहाँ खेल्न निकै रमाइरहेको छु । अर्को एउटा खेलका लागि पनि यहाँ बस्दैछु । नेपाली समर्थकहरू उत्कृष्ट ...

केन्द्रबिन्दु
दुई अध्यादेश ल्याउनेसहित यस्ता छन् सरकारका ६ निर्णय
Latest NewsJust now

दुई अध्यादेश ल्याउनेसहित यस्ता छन् सरकारका ६ निर्णय

सरकारले दुई वटा अध्यादेश ल्याउनसहित विभिन्न ६ वटा निर्णय गरेको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।  मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन ग... ...

नेपालखबर
विभिन्न आन्दोलनका घाइतेको उपचार कार्यविधि स्वीकृत
Latest NewsJust now

विभिन्न आन्दोलनका घाइतेको उपचार कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पनि पारित गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बताए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play