काठमाडौं । हुलास फिनसर्भ हायरपर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको छ । उक्त नियुक्ति कम्पनीको संस्थागत विकास र व्यावसायिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालको हायरपर्चेज फाइनान्सिङ क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवा क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको महत्त्वपूर्ण समयमा उहाँको नियुक्ति भएको हो । हुलास फिनसर्भ हायरपर्चेज नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त हायरपर्चेज वित्तीय संस्था हो । जसले दुर्ईपांग्रे, तीनपांग्रे तथा चारपांग्रे सवारीसाधन, ल्यापटप, मोबाइल फोनलगायतका उपभोक्ता इलेक्ट्रोनिक्स सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीको पहिलो सिइओ नियुक्तिले नेतृत्व, कार्य सञ्चालन क्षमता तथा रणनीतिक दिशा थप बलियो बनाउँदै नेपालको वित्तीय सेवा क्षेत्रमा दिगो विकास हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ठाकुरको नेतृत्वले कम्पनी थप उचाइमा पुर्याउनुका साथै विकसित हुँदै गएको हायरपर्चेज फाइनान्सिङ बजारमा नयाँ अवसर पहिचान र विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ । बैंकलाई प्राप्त प्रतिष्ठित सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासलार्ई थप पुष्टि गरेको बैंकले जनाएको छ । बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ सेवामार्फत् ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षितरूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ । प्रविधिको उच्चतम प्रयोगमार्फत् ग्राहकलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको बैंकको भनाइ छ ।
हुलास फिनसर्भ हायरपर्चेजको सिइओमा ठाकुर

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






