Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

हुलाकीको झोलादेखि मोबाइल सम्पर्कसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलाकीको झोलादेखि मोबाइल सम्पर्कसम्म
Photo / Coverage: टेक्नोलोजी खबर

कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे । कसैका लागि त्यो परदेशमा रहेका श्रमान्को खबर हुन्थ्यो त कसैका लागि सन्तान र आफन्तको सुखदुःख बुझ्ने माध्यम । हुलाकीको झोलाबाट निस्कने एउटा चिठीले महिनौँदेखिको प्रतीक्षा अन्त्य गथ्र्यो । अहिले भने हातले लेखिएका चिठीको ठाउँ मोबाइल फोन, म्यासेन्जर र सामाजिक सञ्जालले लिएका छन् । बेँसीसहर नगरपालिका–१० का ९३ वर्षीय लालबहादुर गुरुङले चिठीको प्रतीक्षा र त्यसले दिने खुसी अनुभव गरेका छन्। भारतीय सेनामा करिब ३५ वर्ष सेवा गरेका उनका लागि घरबाट आउने चिठी परिवारसँग जोडिने महत्वपूर्ण माध्यम थियो । “घरबाट चिठी आउन पाँच–छ महिना लाग्थ्यो, कहिलेकाहीँ एक वर्ष पनि कुर्नुपथ्र्यो,” उनले विगत सम्झँदै भने। श्रीमतीले चिठी लेख्दा कतिपय कुरा सङ्केत र विशेष शैलीमा व्यक्त गर्ने गरेको उनको सम्झना छ । अहिले भने मोबाइलबाटै परिवारसँग तत्काल कुरा गर्न र तस्बिर हेर्न पाउँदा खुसी लाग्ने उनी बताउँछन्। मध्यनेपाल नगरपालिका–३, सूर्यपालकी ७० वर्षीया आशकुमारी गौतमको अनुभव पनि चिठीसँगै जोडिएको छ । श्रीमान् परदेशमा रहँदा घरपरिवारको खबर आदानप्रदान गर्ने मुख्य माध्यम चिठी थियो । उनका अनुसार सामान्य चिठीभन्दा रजिस्ट्ररी चिठी छिटो आइपुग्थ्यो। त्यतिबेला पढ्नलेख्न सहज नहुँदा विद्यालय जाने बालबालिकाको सहयोग लिएर चिठी लेख्ने र पढ्ने गरिन्थ्यो । श्रीमान्को जागिर स्थायी भएको खबर चिठीबाटै पाउँदा ठूलो खुसी लागेको उनी सम्झन्छिन् । “बेस्सरी भोक लागेको बेलामा भात खाएजस्तो आनन्द हुन्थ्यो,” उहाँले चिठी पढ्दाको खुसी सम्झँदै भनिन्। मस्र्याङ्दी गाउँपालिका–३, ढंगैका पूर्णबहादुर गुरुङ भने हातले चिठी लेखेर पठाउने अनुभव खासै नभए पनि अहिले मोबाइल, म्यासेन्जर र सामाजिक सञ्जालमार्फत आफन्तसँग सम्पर्क गर्छन्। उनका विचारमा प्रविधिले दूरी घटाए पनि हातले लेखिएको चिठीमा व्यक्त हुने माया र भावनाको छुट्टै महत्व हुन्छ । नयाँ पुस्ताले पुरानो चिठी लेख्ने परम्परासँग जोडिएका आत्मीयता र संस्कार बिर्सन नहुने उनी बताउँछन् । व्यक्तिगत चिठीको चलन घट्दै गए पनि हुलाक सेवाको आवश्यकता भने पूर्ण रूपमा समाप्त भएको छैन । जिल्ला हुलाक कार्यालय लमजुङका हुलाक अधिकृत श्यामविक्रम न्यौपानेका अनुसार अहिले व्यक्तिले व्यक्तिलाई पठाउने व्यक्तिगत तथा पारिवारिक चिठीको प्रयोग लगभग शून्यमा झरेको छ। यद्यपि सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका पत्राचार र विदेशबाट आउने पार्सलको ओसारपसार जारी छ । पहिले व्यक्तिगत चिठी, शोकपत्र, पोस्टकार्ड, पुस्तक, पत्रपत्रिका तथा सरकारी कागजात हुलाकका प्रमुख सामग्री थिए । अहिले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, सिमकार्ड, एटिएम कार्ड, पार्सल तथा अदालतका मिसिलजस्ता सामग्रीको प्राप्ति र वितरण हुँदै आएको उनले बताए। लमजुङमा जिल्ला हुलाक कार्यालयसहित सात स्थानीय तहमा हुलाक कार्यालय र बेँसीसहरमा एउटा हुलाक काउन्टर सञ्चालनमा छन् । जिल्लाका ३६ वडामा ३६ वटा अतिरिक्त हुलाक कार्यालय छन् । जिल्लाभर हुलाकी तथा हल्काराका ३४ दरबन्दी कायम रहे पनि अवकाश भएका कर्मचारीको ठाउँमा नयाँ पदपूर्ति नहुँदा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको न्यौपानेले बताए। आर्थिक वर्ष २०८२÷८३ मा लमजुङमा औसत प्रतिमहिना छवटा पार्सल वितरण भएका थिए । त्यस्तै, प्रतिमहिना आठदेखि नौवटा रजिस्ट्ररी पुलिन्दा तथा ईएमएससम्बन्धी सामग्रीको दर्ता र बाहिर पठाउने काम भएको थियो । सोही आर्थिक वर्षमा जिल्ला हुलाक कार्यालयले रु आठ लाख २५ हजार ८४७ राजस्व सङ्कलन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत कम हो । न्यौपानेका अनुसार मोबाइल र इन्टरनेटको विस्तारले परम्परागत चिठीपत्रको काम घटाए पनि सुरक्षित पार्सल वितरण तथा सरकारी र संस्थागत कागजात ओसारपसारमा हुलाकको भूमिका कायमै छ । आगामी दिनमा हुलाकलाई डिजिटल सरकारी सेवा, पार्सल वितरण, विद्युतीय व्यापार तथा नागरिक सेवा उपलब्ध गराउने आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ । कुनै बेला हुलाकीको झोलामा बोकेर गाउँगाउँ पु¥याइने चिठीले मानिसका भावना र खबर जोड्थ्यो । अहिले मोबाइलको पर्दाबाटै ती खबर क्षणभरमै आदानप्रदान हुन्छन् । सञ्चारको माध्यम फेरिए पनि आफ्ना मान्छेको खबर पाउने चाहना भने उस्तै छ। रासस The post हुलाकीको झोलादेखि मोबाइल सम्पर्कसम्म appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रियर एक्सल’ भाँचिएपछि चेरीले चीनमा ‘ओमोडा’ र ‘टिग्गो ५एक्स’ गाडीहरु रिकल गर्दै
TechnologyJust now

‘रियर एक्सल’ भाँचिएपछि चेरीले चीनमा ‘ओमोडा’ र ‘टिग्गो ५एक्स’ गाडीहरु रिकल गर्दै

‘चेरी अटो’ ले चीनमा ओमोडा सिरिज र ‘टिग्गो ५एक्स’ मोडलका ५० हजारभन्दा बढी सवारी साधनहरू फिर्ता मगाउँदै छ। यसको कारण पछाडिको एक्सलको वेल्डिङमा हुन सक्ने त्रुटि हो। चीनको ‘स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन’ ले शुक्रबार जारी गरेको सूचना अनुसार, चेरीले सन् २०२२ जुन ६ देखि सन् २०२३ डिसेम्बर ३१ को बीचमा उत्पादन गरिएका कुल ५३,८८२ ओटा ‘चेरी टिग्गो ५एक्स’ र ‘ओमोडा’ ...

टेक्नोलोजी खबर
मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भ्वाइस च्याट र भिडियो कल सुविधा
TechnologyJust now

मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भ्वाइस च्याट र भिडियो कल सुविधा

काठमाडौं । प्रविधि कम्पनी मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि खुला गरेको छ। कम्पनीले बिहीबार नयाँ सुविधाबारे जानकारी दिँदै प्रयोगकर्ताले अब डिजिटल अवतारसँग प्रत्यक्ष संवाद गर्न सक्ने जनाएको हो ।मेटाले गत सेप्टेम्बरमा आयोजित ‘कनेक्ट’ डेभलपर सम्मेलनमा पहिलोपटक यस प्रविधिको झलक सार्वजनिक गरेको थियो । यस सुविधालाई सञ्चालन गर्न कम्पनीले ‘म्युज ...

आइसिटी समाचार
पर्सामा हुलाकबाटै घरमै सिमकार्ड पुर्याउने सेवा सुरु
TechnologyJust now

पर्सामा हुलाकबाटै घरमै सिमकार्ड पुर्याउने सेवा सुरु

पर्सा । सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक ...

आइसिटी समाचार
नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट
TechnologyJust now

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट

नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play