Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

हुन्डी कारोबारसम्बन्धी मुद्धामा करीब चार करोडको बिगो दाबी, सिरहा, सप्तरी र सुनसरी बढी जोखिममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुन्डी कारोबारसम्बन्धी मुद्धामा करीब चार करोडको बिगो दाबी, सिरहा, सप्तरी र सुनसरी बढी जोखिममा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालमा अवैध हुन्डी कारोबारको सञ्जाल पूर्वी तराईका जिल्लामा बढी केन्द्रित रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल)ले तयार गरेको हुन्डी सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२६ मा हुन्डी कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशत मधेस प्रदेशका जिल्लामा रहेको उल्लेख छ। वित्तीय जानकारी इकाइले शंकास्पद कारोबारकोे विश्लेषण प्रतिवेदन तयार गरेको बताएको छ।। हुन्डी कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्तिहरूको ठेगानाका आधारमा हुन्डी कारोबारमा संलग्नहरु कोशी प्रदेशका १६ प्रतिशत र लुम्बिनी प्रदेश १२.५ प्रतिशत छन्। त्यसैगरी, बागमती प्रदेशमा ८.५ प्रतिशत, गण्डकीमा ७ प्रतिशत तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा समान १.५ प्रतिशत शंकास्पद विवरण भेटिएको प्रतिवेदनमा उल्लेख छ। नेपाल प्रहरीको पछिल्लो पाँच आर्थिक वर्षको अनुसन्धान विवरणले पनि हुन्डी कारोबारको समस्या गम्भीर बन्दै गएको देखाएको छ। ५ वर्षमा हुन्डीसम्बन्धी १९७ वटा अनुसन्धान सुरु भएका छन् भने १९० वटा मुद्दा अदालतमा दायर भएका छन्। यस अवधिमा १०३ वटा मुद्दाको अन्तिम फैसला भएको छ भने ३३१ जना व्यक्ति हुन्डी कारोबारमा संलग्न रहेको पुष्टि भएको छ। ५ वर्षमा हुन्डी कारोबारसम्बन्धी मुद्दामा ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमध्ये ३ अर्ब ८६ करोड १३ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको र १६ करोड ४४ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का गरिएको प्रतिवेदनमा उल्ल्ेख छ। त्यसैगरी, अदालतबाट २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति पनि जफत भएको प्रतिवेदनमा उल्लेख छ। बैंकिङ प्रणालीबाटै हुन्डीको संकेत सरकारले २०८१ पुस १८ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हुन्डीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको छुट्टै पूर्वकसुरका रूपमा वर्गीकरण गरेको थियो। त्यसपछि एफआईयूले हुन्डीसम्बन्धी शंकास्पद कारोबार पहिचान गर्न छुट्टै सूचक बनाएर प्रतिवेदन संकलन गर्न थालेको हो। हुन्डीसम्बन्धी शंकास्पद कारोबारमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकहरूबाट राष्ट्र बैंकले रिपोर्ट प्राप्त गरेको छ। वाणिज्य बैंकहरूले १ हजार ५०३ वटा कारोबारलाई शंकास्पदको रुपमा रिपोर्ट गरेका छन। जुन कुल हुन्डीसम्बन्धी रिपोर्ट मध्ये ८९.८९ प्रतिशत हो। त्यस्तै विकास बैंकबाट १२० वटा (७.१८ प्रतिशत), वित्त कम्पनीबाट २८ वटा (१.६७ प्रतिशत), रेमिट्यान्स कम्पनीबाट १३ वटा (०.७८ प्रतिशत) र भुक्तानी सेवा प्रदायक तथा सञ्चालकबाट आठवटा (०.४८ प्रतिशत) शंकास्पद कारोबार वित्तीय जानकारी इकाइमा रिपोर्ट भएको छ। २५ देखि ३४ वर्ष उमेरका व्यक्ति धेरै हुन्डीसम्बन्धी शंकास्पद कारोबारमा २५ देखि ३४ वर्ष उमेर समूहका व्यक्ति धेरै रहेको पाइएको छ। एफआईयूले १ हजार ६७२ वटा रिपोर्टमध्ये २०० वटा नमुना विश्लेषण गरेको थियो। उक्त नमूनामा २५ देखि ३४ वर्ष उमेर समूहका व्यक्ति ३९ प्रतिशत रहेको देखाएको छ। त्यस्तै ३५ देखि ४४ वर्ष उमेर समूहका २६.५ प्रतिशत र १८ देखि २४ वर्ष उमेर समूहका १८ प्रतिशत व्यक्ति हुन्डीसम्बन्धी शंकास्पद कारोबारमा जोडिएका छन्। त्यसैगरी, ४५ देखि ५४ वर्ष उमेर समूहका १२ प्रतिशत, ५५ देखि ६४ वर्ष उमेर समूहका २.५ प्रतिशत र ६५ वर्षभन्दा माथिका १.५ प्रतिशत छन्। १८ वर्षमुनिका व्यक्तिको हिस्सा ०.५ प्रतिशत रहेको छ। यसले हुन्डी कारोबारमा मुख्यतः कामकाजी उमेर समूहका युवा तथा वयस्क व्यक्तिहरू जोडिएको देखाउँछ। सिरहा, सप्तरी र सुनसरी बढी जोखिममा राष्ट्र बैंकको प्रतिवेदनअनुसार, हुन्डी कारोबारसँग सम्बन्धित शंकास्पद व्यक्तिको ठेगाना पूर्वी तराईमा बढी केन्द्रित रहेको देखाएको छ। जसअनुसार, सिरहा सबैभन्दा अगाडि छ। सिरहामा नमुना विवरणको १०.५ प्रतिशत व्यक्ति हुन्डीसम्बन्धी शंकास्पद कारोबारमा जोडिएका छन्। त्यस्तै सप्तरीका १० प्रतिशत, सुनसरीका ९ प्रतिशत, धनुषाका ८ प्रतिशत र महोत्तरीका ७.५ प्रतिशत छन्। त्यसैगरी, बारा जिल्लाका ५.५ प्रतिशत, रौतहट र मोरङका समान ५ प्रतिशत, काठमाडौंका ४ प्रतिशत र रुपन्देहीका ३ प्रतिशत हुन्डी सम्बन्धी शंकास्पद कारोबारसँग जोडिएका छन्। राष्ट्र बैंकको प्रतिवेदनअनुसार, हुन्डीसम्बन्धी जोडिएका व्यक्तिले बैंक खाता हेर्दा व्यवसाय गर्ने व्यक्ति सबैभन्दा हुन्डी कारोबारमा संलग्न छन्। हुन्डी कारोबारमा पक्राउ परेकामध्ये ५१.५ प्रतिशतले आफ्नो पेसा व्यवसाय उल्लेख गरेका छन्। त्यसपछि तलब पाउने कर्मचारी १३ प्रतिशत, कृषि पेसामा संलग्न ११ प्रतिशत र विद्यार्थी ९ प्रतिशत छन्। वैदेशिक रोजगारीमा रहेका ७ प्रतिशत, गृहिणी ५.५ प्रतिशत तथा लगानीकर्ता, बेरोजगार र अवकाश प्राप्त व्यक्तिको हिस्सा समान १/१ प्रतिशत छ। विशेषगरी विद्यार्थी र गृहिणीको नाममा रहेका बैंक खातासमेत शंकास्पद कारोबारको विश्लेषणमा देखिनुलाई प्रतिवेदनले ध्यान दिनुपर्ने विषय मानेको छ। त्यस्ता खाताहरू अरू व्यक्तिले प्रयोग गर्ने वा तेस्रो पक्षको नाममा कारोबार गर्ने माध्यमका रूपमा प्रयोग भएको हुन सक्ने आकलन प्रतिवेदमा गरिएको छ। संस्थागत कारोबारको प्रकृति हेर्दा खुद्रा व्यापार र रेमिट्यान्स सब–एजेन्ट व्यवसाय सबैभन्दा बढी शंकास्पद देखिएका छन्। हुन्डीसम्बन्धी प्रतिवेदनमा जोडिएका फर्ममध्ये ४३ प्रतिशत खुद्रा व्यापारसँग सम्बन्धित छन् भने ४१.५ प्रतिशत रेमिट्यान्स सब–एजेन्ट व्यवसायसँग सम्बन्धित छन्। यी दुई क्षेत्रले मात्रै कुल ८४ प्रतिशत हिस्सा ओगटेका छन्। रेमिट्यान्स सब–एजेन्ट व्यवसायमा देखिएको उच्च हिस्सालाई प्रतिवेदनले विशेष जोखिमका रूपमा औंल्याएको छ। यस्ता व्यवसायले नगद रकम संकलन तथा भुक्तानीको प्रत्यक्ष माध्यमका रूपमा काम गर्न सक्छन्। हुन्डीमा संलग्नमध्ये करिब ४० प्रतिशतले खाता खोलेको एक वर्षभित्रै यस्तो गैरकानुनी कारोबारमा संलग्न भएको देखिएको छ। खाता खोलेको तीन महिनाभित्र ९.५ प्रतिशत, तीनदेखि छ महिनाभित्र १३.५ प्रतिशत र छ महिनादेखि एक वर्षभित्र १६.५ प्रतिशत हुन्डी कारोबारमा संलग्न भएको पाइएको छ। नेपाल, भारत र चीनसम्म फैलिएको सञ्जाल प्रतिवेदनअनुसार, हुन्डी कारोबारमा संलग्न अधिकांश व्यक्ति नेपाल, भारत र चीनका नागरिक धेरै रहेको पाइएको छ। यसले हुन्डी कारोबार नेपाली सीमाभित्र मात्र सीमित नभई क्षेत्रीय तथा सीमापार सञ्जालसँग समेत जोडिएको देखिएको प्रतिवेदनमा उल्लेख छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा हुन्डीसम्बन्धी १८ वटा अनुसन्धान सुरु भएका थिए। त्यसयता अनुसन्धानको संख्या क्रमशः बढ्दै आर्थिक वर्ष २०८१/८२ मा ६० पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा २७ र २०८०/८१ मा ३३ वटा अनुसन्धान सुरु भएका थिए। आर्थिक वर्ष २०८२/८३ को जेठसम्म ५९ वटा अनुसन्धान अघि बढाइएको छ। पाँच वर्षमा कुल १९७ वटा अनुसन्धान सुरु भएका छन्। तीमध्ये १९० वटा मुद्दा अदालतमा दायर भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा
Latest NewsJust now

षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाउँदै उनले कांग्रेस सभापति गगन थापालगायत... ...

रातोपाटी
हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख
Latest NewsJust now

हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख

हुम्ला। हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले आठ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्। कृषि विकास कार्यालय हुम्लाका अनुसार यो वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए। गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ...

नेपालन्युज
कर्णालीका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य परियोजना सञ्चालन हुने
Latest NewsJust now

कर्णालीका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य परियोजना सञ्चालन हुने

आँखा तथा कान उपचार सेवा उपलब्ध गराउन नेपाल नेत्रज्योति संघले ‘सम्भव जीवन’ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ। ...

हाम्राकुरा
भारतको सहयोगमा मुस्ताङमा निर्मित छात्रावास भवन उद्‌घाटन
Latest NewsJust now

भारतको सहयोगमा मुस्ताङमा निर्मित छात्रावास भवन उद्‌घाटन

भारतको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका-२ मा निर्मित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ।  काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा शुक्रबार भवन उद्घाटन गरेका हुन्।  दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवनको निर्माण उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement