Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

हुण्डीसम्बन्धी विश्लेषण प्रतिवेदन : रेमिट्यान्स सब-एजेन्ट र युवा समूहको बाहुल्यता

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुण्डीसम्बन्धी विश्लेषण प्रतिवेदन : रेमिट्यान्स सब-एजेन्ट र युवा समूहको बाहुल्यता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२६ः हुण्डीः अर्थात् हुण्डी विषयक रणनीतिक विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन कुनै निश्चित मुद्दा, संस्था वा व्यक्तिमा केन्द्रित नभई हुण्डीको प्रवृत्ति, प्रकार तथा विधि पहिचान तथा विश्लेषणमा केन्द्रित रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रतिवेदनको मुख्य उद्देश्यहरू हुण्डीको प्रवृत्ति तथा विधिको विश्लेषण गर्नुका साथै हुण्डी कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानीको जोखिमको बुझाइमा अभिवृद्धि गर्नु, हुण्डी कारोबारसम्बन्धी ‘रेड-फ्ल्याग इण्डीकेटर्स अद्यावधिक गर्नु एवं सम्बद्ध निकाय तथा सरोकारवालालाई हुण्डी नियन्त्रणका लागि चाल्नुपर्ने कदमहरू सिफारिस गर्नु रहेको छ । राष्ट्र बैंकका अनुसार युवावर्ग (२५ देखि ४४ वर्ष उमेर समूहका) एवं खुद्रा व्यापार गर्ने तथा विप्रेषण कारोबारमा संलग्न सब-एजेण्टहरू हुण्डी कारोबारमा बढी संलग्न हुने गरेको देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययनमा हुण्डी कारोबारमार्फत् मानव तथा लागूऔषध तस्करी, भ्रष्टाचार, करछलीजस्ता आपराधिक कार्यबाट आर्जित सम्पत्तिलाई शुद्धीकरण गर्ने तथा आतंककारी कार्यमा वित्तीय लगानी हुने जोखिम रहेको देखिएको छ । साथै हुण्डी कारोबारको फर्स्योट ‘वाइल्याटरल अफ सेटिङ तथा सेटलमेन्ट थ्रु भ्यालु’ मार्फत् हुने गरेकोमा पछिल्लो समय ‘फर्मल बैंक-बेस्ड च्यानल तथा डिजिटल-बेस्ड च्यानलमार्फत् हुनेक्रम बढेको देखिएको केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिका अनुसार प्रतिवेदनमा वित्तीय जानकारी इकाईको गाएएमएल प्रणालीमा सन् २०२५, जनवरी २ देखि २०२६, जुलाईसम्म प्राप्त हुण्डीसम्बन्धी शंकास्पद कारोबार/गतिविधि प्रतिवेदनलाई विस्तृत विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट युवावर्ग (२५ देखि ४४ वर्ष उमेर समूहका) एवं खुद्रा व्यापार गर्ने तथा विप्रेषण कारोबारमा संलग्न सब-एजेण्टहरू हुण्डी कारोबारमा बढी संलग्न हुने गरेको देखिएको छ । नेपालमा हुण्डी कारोबारसम्बन्धी विधिमा ‘मूल एकाउन्ट’को प्रयोग गर्ने, नगदको सीमा छल्ने गरी टुक्र्याएर नगद जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग गर्ने, क्रिप्टोकरेन्सीको प्रयोग गर्ने, नगद ओसारपसार गरी भुक्तानी गर्ने, विप्रेषण कारोबार गर्ने सब-एजेण्टको प्रयोग हुने, डिजिटल प्रविधिको प्रयोग गर्नेलगायत देखिएको छ । प्रतिवेदनले सूचक संस्था(रिपोर्टिङ इन्टिटिज), नियामक/सुपरीवेक्षक, कानुन कार्यान्वयन गर्ने निकाय एवं नीति निर्माण तथा समन्वय गर्ने निकायहरूलाई लक्षित सुझावहरू प्रस्तुत गरेको छ, जसमा एसटिआरएस-एसएसआरएसको गुणस्तर सुदृढीकरण, जोखिममा आधारित निगरानी, अन्तरनिकाय समन्वय, प्राविधिक क्षमता अभिवृद्धि तथा जनचेतना विस्तार आदि समावेश छन् । राष्ट्र बैंकका अनुसार सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म हुण्डीसँग सम्बन्धित एक हजार छ सय ७२ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त भएका छन् । हुण्डी कारोबारले औपचारिक बैंकिङ प्रणालीबाट आउने विप्रेषण घट्न सक्छ । विदेशी मुद्रा देशको औपचारिक प्रणालीबाहिर कारोबार हुँदा व्यवस्थापनमा चुनौती उत्पन्न हुन्छ । व्यापारिक कारोबारमा वास्तविक आयात मूल्य र भुक्तानी रकम लुकाउने जोखिम बढ्छ । अवैधरूपमा आर्जित रकम वैध देखाउन हुण्डी प्रयोग हुन सक्छ । बैंकिङ प्रणालीको पारदर्शिता र वित्तीय अनुशासन कमजोर हुन्छ । विभिन्न अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको हिस्सा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४० देखि ५० प्रतिशत हाराहारीमा रहेको देखाएको छ । रोजगारीमा भने अनौपचारिक क्षेत्रको हिस्सा ८६ प्रतिशतभन्दा बढी छ । त्रिभुवन विश्वविद्यालयको एक अध्ययन प्रतिवेदनअनुसार घरजग्गा क्षेत्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा सबैभन्दा बढी ९९.९७ प्रतिशत रहेको छ भने कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा ९६.४८ प्रतिशत, आवास तथा खाद्य सेवा क्षेत्रमा ५०.४२ प्रतिशत, कला तथा मनोरञ्जन क्षेत्रमा ३३.६९ प्रतिशत रहेको छ । अनौचारिक अर्थतन्त्र नियन्त्रणका लागि आधा दर्जनभन्दा बढी ऐन कानुन कार्यान्वयनमा रहे पनि अनौपचारिक अर्थतन्त्रको आकार घट्न सकेको देखिँदैन । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क), नेपाल राष्ट्र बैंक ऐन, २०५८, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४, संगठित अपराध निवारण ऐन, २०७० ले हुण्डी कारोबारलाई निषेध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
Latest NewsJust now

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको... ...

रातोपाटी
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
Latest NewsJust now

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

भोजपुर । जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन् । पदमार्गको प्रचारप्रसार गर्दै... ...

रातोपाटी
राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

जुम्ला । यहाँ आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पुरा भएको छ । पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेल हुने भएपछि... ...

रातोपाटी
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध
Latest NewsJust now

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध

झापा । झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कूल जनसङ्ख्याको ८६ प्रतिशत हो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement