Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आगामी मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। त्यसमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, २ लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने १ लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ पुँजी संकलन गर्नेछ। The post हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हथकडी लगाउने चेतावनीका बीच किन बंगलादेश फर्किन चाहन्छिन् हसिना ?
Latest NewsJust now

हथकडी लगाउने चेतावनीका बीच किन बंगलादेश फर्किन चाहन्छिन् हसिना ?

काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने तया।रीमा छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन् । बंगलादेशमा डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो । समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का […] ...

काठमाण्डुपाटी
भारत भ्रमणपछि प्रधानमन्त्रीले देशवासीलाई राष्ट्रिय स्वाभिमान र समृद्धिको तस्बिर देखाउन सक्नुपर्छ
Latest NewsJust now

भारत भ्रमणपछि प्रधानमन्त्रीले देशवासीलाई राष्ट्रिय स्वाभिमान र समृद्धिको तस्बिर देखाउन सक्नुपर्छ

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२–२३ मा सम्पन्न भारतको दुई दिने राजकीय भ्रमणलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना देखाएको छ । केही महत्त्वपूर्ण... ...

रातोपाटी
मुख्यमन्त्री कार्कीद्वारा राजीनामाबारे सहयात्री दल नेकपासँग छलफल
Latest NewsJust now

मुख्यमन्त्री कार्कीद्वारा राजीनामाबारे सहयात्री दल नेकपासँग छलफल

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा परेका छन् । उनले आफ्नो अप्ठ्यारोको विषयमा मंगलबार सत्ता सहयात्री दल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement