काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्का वर्षा र हिमपातको पूर्वानुमान रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






