हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

<p>काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।बुधबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।<p>राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार महेदीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। ३१ वर्षीय महेदी दायाँहाते ब्याटर र दायाँहाते अफ स्पिन बलर हुन्। उनी अहिले आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौं स्थानमा छन्। महेदीले बंगलादेशका लागि ७८ टी–२०… ...

मनाइयो ब्रम्हायणी जात्रा, बालियो बत्ती (तस्वीरहरु)
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ । ...

सलमान खान थिए निशानामा, टाइगरलाई आक्रमण गर्नुअघि सलमानको घरको रेकी
बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ । टाइगरमाथि गोली चलाउने आरोपितहरूले मुम्बई पुगेपछि अभिनेता सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’को रेकी गरेका थिए । तर, सलमानको घरबाहिर कडा सुरक्षा व्यवस्था देखेपछि उनीहरूले आफ्नो योजना परिवर्तन गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । सलमानलाई छाडेर टाइगरलाई बनाए निशाना समाचारअनुसार, टाइगरमाथि… ...



