काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जना गरेको जोखिमप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्। टर्कीको अन्टाल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) को अवसरमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भएको भेटमा मन्त्री खनालले सो कुरा उठाएका हुन्। अतिकम विकसित मुलुक (एलडीसी) का मन्त्रीस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने लक्ष्यलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले तापक्रम वृद्धिले सो सीमा पार गर्ने जोखिमलाई न्यून गर्न आवश्यक कदम चाल्न आग्रह गरे। जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चहरूमा पर्वतीय क्षेत्रका मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउनुपर्ने बताए। उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) अन्तर्गत पर्वतीय कार्ययोजना (माउन्टेन वर्क प्रोग्राम) समावेश गर्नुपर्ने प्रस्ताव समेत राखेका छन्।
हिमाली क्षेत्रको जलवायु जोखिमबारे परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

Read Complete Original Article
Published originally on नेपालन्युज






