Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

डिजिटल विभाजन घटाउन नेपालको पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल विभाजन घटाउन नेपालको पहल
Photo / Coverage: नेपालन्युज

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए । सम्मेलनका क्रममा सूचना प्रविधि र टेलिकम क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशसँग आगामी दिनमा डिजिटल रुपान्तरणका बारेमा सहकार्य र साझेदारी अभिवृद्धि गर्नेबारेमा पनि छलफल भएको उनले जानकारी दिए। “सूचना प्रविधिका क्षेत्रमा पहुँच विस्तार हुँदै जानुपर्नेमा विभिन्न कारणले त्यो पहुँच खुम्चिँदै गएको पनि पाइएको छ। सूचना प्रविधिको पहुँच कसरी विस्तार गर्ने भन्नेमा द्विपक्षीय छलफल भयो”, उनले भने। मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत तथा रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीसँग द्विपक्षीय भेटघाट र महत्वपूर्ण छलफल भएको जानकारी दिँदै नेपालको आवश्यकता र रुचिअनुसार विभिन्न देशसँग सूचना प्रविधि र टेलिकम क्षेत्रमा सहकार्य तथा साझेदारीका विषयमा विचारविमर्श भएको स्पष्ट पारे। बाढी, पहिरो र भूकम्प जस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा व्यापक छलफल भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। त्यस क्रममा नेपालका तर्फबाट मन्त्री तिमिल्सिनाले विपद्को समयमा सञ्चारको भूमिका झनै महत्वपूर्ण हुने कुरामा जोड दिँदै नीतिगत मन्तव्य प्रस्तुत गरेका थिए। मन्त्री तिमिल्सिनाले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकामा जोड दिएका थिए। विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी तथा प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनको भनाइ थियो। डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, फाइभजीलगायत उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको जनाउँदै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेकामा जोड दिएका थिए। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रुपमा नीति निर्माणको काम गर्दै आइरहेको छ। आइटियुमा १९४ देश सदस्य राष्ट्र छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता
Latest NewsJust now

स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यमा जोड दिएकी छन्। कोलम्बोमा हालै आयोजित बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा उनले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रहरूबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने बताएको मन्त्री मेहताको निजी सचिवालयले जनाएको छ। “संक्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, ...

नेपालन्युज
भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय
Latest NewsJust now

भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–६,चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । छठ पर्व मनाउन घर जाने क्रममा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर ...

कर्पोरट खबर
कलि सम्वत् : पूर्वीय सनातन सभ्यताको अन्तर्राष्ट्रिय सम्वत्
Latest NewsJust now

कलि सम्वत् : पूर्वीय सनातन सभ्यताको अन्तर्राष्ट्रिय सम्वत्

हिन्दु वाङ्मयमा सत्य, त्रेता, द्वापर र कलियुग गरी चार युग तथा कल्प र मन्वन्तरको चक्रीय प्रणाली निरन्तर चलिरहने शास्त्रीय मान्यता छ। यसै मान्यताअनुसार ब्रह्माजीले मानव सृष्टि गरेपछि वसन्त ऋतुको चैत्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play