Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा
Photo / Coverage: नेपालन्युज

टर्की।नेपालले नेपाल, भारत र चीनको नेतृत्वमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन अपेक्षा गरेको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्। भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ। गत अगस्ट २६ मा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोग तथा माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानप्रति उनले आभार व्यक्त गरेकी थिइन्। मन्त्री चौधरीले कोप–३१ को निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नु पर्ने तथा जलवायु अनुकूलनका लागि पर्याप्त वित्त सुनिश्चित गर्नुपर्ने नेपालको धारणा प्रस्तुत गरिन्। उनले नवीकरणीय ऊर्जा, विद्युतीय यातायात र स्वच्छ प्रविधिको विकासमा चीनले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै दुई देशबीच जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्। उनले चिनियाँ मन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बसको ठक्करबाट बालिकाको मृत्यु
Latest NewsJust now

बसको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । खोटाङ घर भएका मोटसाइकल ...

केन्द्रबिन्दु
चितवनले गुमायाे ३ विकेट
Latest NewsJust now

चितवनले गुमायाे ३ विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बाेल्ट्ससँगेकाे खेलमा चितवन राइनाेजमा ३ विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा रवि बाेपरा,कमिल मिश्रा र अर्जुन साउँद आउट भएका... ...

रातोपाटी
एनपीएल तेस्रो संस्करण : जनकपुर चितवनविरुद्ध ८८ रनमै सीमित
Latest NewsJust now

एनपीएल तेस्रो संस्करण : जनकपुर चितवनविरुद्ध ८८ रनमै सीमित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको झिनो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ८८ रन जोड्न सकेको हो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । विशाल सुस्लिङले १५, ओपनर सन्तोष कार्कीले १० ...

विश्वखबर
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
Latest NewsJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

• गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन्। • उनी युएईमा आयोजना हुने 'विश्व प्रहरी शिखर सम्मेलन' मा सहभागी हुन प्रस्थान गर्दैछन्। • गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play