Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल
Photo / Coverage: टक्सार

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्युनिकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित १२ औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताएका हुन् । उनले प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिमार्फत क्षति न्युनिकरण गर्न सकिने उल्लेख गरे । यसका लागि भूविज्ञानको भुमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । सभामुख अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने बताए । विकासको गति र सुरक्षित भविष्यबिच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको उनले उल्लेख गरे । उनले वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमार्फत संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको हक तथा प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । संसद, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र वैज्ञानिक समुदायबीच सहकार्य विस्तार गर्नुपर्ने बताउँदै उनले वैज्ञानिक निष्कर्षलाई कानुन, सार्वजनिक नीति र विकास योजनासँग जोड्नु संसद्को पनि महत्त्वपूर्ण जिम्मेवारी भएको बताए । त्यस्तै, विपद् आउनुअघि नै जोखिम पहिचान र न्युनिकरण गर्ने प्रणालीको विकास, प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोग र युवा वैज्ञानिकहरूको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । हिमालय क्षेत्रको भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले दक्षिण एसियासहित विश्वमै प्रभाव पार्न सक्ने उल्लेख गर्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताए । नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान तथा वैज्ञानिक ज्ञानको प्रसारमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच प्रभावकारी सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुने उल्लेख गर्दै सभामुख अर्यालले सम्मेलनबाट प्राप्त वैज्ञानिक निष्कर्ष र सुझाव राष्ट्रिय नीति, विकास योजना तथा स्थानीय तहसम्मका व्यवहारिक कार्यमा रूपान्तरण हुने विश्वास व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवर्द्धन र अग्रणी: सी
Latest NewsJust now

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवर्द्धन र अग्रणी: सी

सेन्जेन (चीन), मङ्सिर ३ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताउनुभएको छ ।दक्षिण चीनको... ...

गोरखापत्र
अनुमतिपत्र ‘रिनु’ नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम
Latest NewsJust now

अनुमतिपत्र ‘रिनु’ नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। प्राधिकरणले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित... ...

नेपालखबर
विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)
Latest NewsJust now

विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)

काठमाण्डु– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाण्डु तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाण्डु विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो। आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाण्डुको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। यो स्तरलाई अस्वस्थकर मानिन्छ। उक्त सूचीको पहिलो स्थानमा […] ...

काठमाण्डुपाटी
एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन अग्रणी भूमिकामा छ  :  राष्ट्रपति  सी
Latest NewsJust now

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन अग्रणी भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन् । दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकका ३३औँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play