Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग
Photo / Coverage: पर्दाफास

जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्शानी र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) को जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग प्राप्त गर्ने भएको छ । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एण्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक रूपमा घोषणा गरिएको हो। नेटवर्कको विशेष कार्यक्रम ‘सान्टियागो नेटवर्क इन २०२६ : द इयर अफ स्केल्ड डेलिभरी’ मा नेपालका लागि प्राविधिक सहयोग सुरु गर्ने घोषणा गरिएको हो । अन्ताल्यामा रहेका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी) नेपालका प्रतिनिधि दीपक केसीले दिएको जानकारीअनुसार यो साझेदारीले जलवायुजन्य हानि तथा नोक्शानीलाई नेपालको जलवायु नीति र योजनाको अभिन्न अङ्गका रूपमा संस्थागत गर्न सहयोग पुर्‍याउनेछ । उनकाअनुसार यस सहकार्यले विज्ञान, शासन प्रणाली र वित्तीय स्रोतलाई एकीकृत गर्दै जलवायु उत्थानशील पुन:स्थापना, जोखिम न्यूनीकरण र दिगो विकासका लागि बलियो आधार निर्माण गर्ने लक्ष्य राखेको छ । यूएनडीपीले यो साझेदारीलाई नेपाल सरकारलाई हानि तथा नोक्शानीसम्बन्धी विषयलाई जलवायु नीति र योजनाको मूलधारमा समेट्न सहयोग गर्ने अवसरका रूपमा लिएको छ । जलवायु परिवर्तनका प्रभावको वैज्ञानिक अध्ययन, संस्थागत शासन प्रणाली र वित्तीय व्यवस्थाबीच समन्वय कायम गरेर विपद्पछिको पुन:स्थापना तथा भविष्यमा हुने जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्य रहेको केसीले बताए । गत नोभेम्बर १६ मा यूएनडीपी नेपाल र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) बीच अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि कोप-३१ को विशेष कार्यक्रममा सान्टियागो नेटवर्कसँग नेपालको साझेदारी र प्राविधिक सहयोगको औपचारिक घोषणा गरिएको हो । यस सहयोगअन्तर्गत यूएनडीपी, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र क्लाइमेट एनालिटिक्सले नेपाल सरकारलाई राष्ट्रिय प्राथमिकतामा आधारित रणनीतिक योजना निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउनेछन् । योजनाले जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीको मूल्याङ्कन, त्यससम्बन्धी तथ्यांक संकलन तथा व्यवस्थापन, संस्थागत समन्वय र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनलाई समेट्नेछ । सान्टियागो नेटवर्कको आधिकारिक विवरणमा पनि नेपालको अनुरोधअनुसार एकीकृत राष्ट्रिय ढाँचा र सरकारबाट अनुमोदित रणनीतिक योजना निर्माणमा सहयोग गर्ने उद्देश्य उल्लेख छ । कोप–३१ मा नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा। महेश्वर ढकालले प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा यूएनडीपीका रोनाल्ड ज्याक्सन र इसिमोडका कुन्जाङ के। ले पनि साझेदारी तथा प्राविधिक सहयोगसम्बन्धी विषयमा योगदान गरेका थिए । हिमताल विस्फोटजन्य बाढी, बाढीपहिरो, अतिवृष्टि तथा अन्य जलवायुजन्य विपद्को जोखिममा रहेको नेपालका लागि यो साझेदारी महत्त्वपूर्ण मानिएको छ । यसले विपद्बाट भएको क्षतिको व्यवस्थित अभिलेख र मूल्यांकन, जोखिमको पहिचान, सरकारी निकायबीच समन्वय तथा पुन:स्थापनाका लागि लगानी प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालका लागि यस प्रकारको रणनीतिक योजना निर्माणले हानि तथा नोक्सानीलाई विपद् आइसकेपछि गरिने उद्धार र राहतमा मात्र सीमित नराखी राष्ट्रिय विकास योजना, जलवायु अनुकूलन, जोखिम न्यूनीकरण र वित्तीय व्यवस्थापनसँग जोड्ने आधार तयार गर्न सक्छ । यसबाट जलवायुजन्य क्षतिको मूल्यांकन र आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । सान्टियागो नेटवर्क सन् २०१९ मा स्थापना भएको संयन्त्र हो । यसले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट सिर्जित हानि तथा नोक्शानी रोक्न, न्युनिकरण गर्न र सम्बोधन गर्न विकासशील तथा जलवायु जोखिममा रहेका देशहरूलाई प्राविधिक सहायता उपलब्ध गराउने उद्देश्य राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मकवानपुर सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, ७ घाइतेको नाम सार्वजनिक
OthersJust now

मकवानपुर सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, ७ घाइतेको नाम सार्वजनिक

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका सात जनाको नामसमेत प्रहरीले सार्वजनिक गरेको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् । त्यस्तै, दुर्घटनामा घाइते हुनेमा सुमो ...

पर्दाफास
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम
OthersJust now

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । प्राधिकरणले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने जनाएको छ । प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण ...

पर्दाफास
अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने
OthersJust now

अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने

अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ । यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न ...

पर्दाफास
सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४ प्रतिशत बोनस सेयर
OthersJust now

सम्पदा लघुवित्तले घोषणा गर्‍यो ४ प्रतिशत बोनस सेयर

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play