Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

हिमालयन रि–इन्स्योरेन्सको नाफा ५७.८२ प्रतिशत घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालयन रि–इन्स्योरेन्सको नाफा ५७.८२ प्रतिशत घट्यो
Photo / Coverage: कर्पोरट खबर

हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७.८२ प्रतिशतले घटेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जनमा समेत गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १ करोड १० लाख ९ हजार रुपैयाँ रहेको खुद आर्जित बीमाशुल्क चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ५९ करोड १ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन ४१.६२ प्रतिशतले घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब २४ करोड ७२ लाख ४७ हजार रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ७९ करोड ६० लाख ६९ हजार रुपैयाँमा झरेको छ। यससँगै कम्पनीको कुल आम्दानी ३६.१७ प्रतिशतले संकुचित भएको छ। कम्पनीको कुल खर्च पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ३ लाख ५३ हजार रुपैयाँ रहेको कुल खर्च समीक्षा अवधिमा घटेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। यसअनुसार कुल खर्च २७.९४ प्रतिशतले घटेको छ। कम्पनीको कमिसन खर्चमा समेत कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म २३ करोड ९ लाख ६९ हजार रुपैयाँ रहेको कमिसन खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १२ करोड २७ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ। यसअनुसार कमिसन खर्च ४६.८६ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनीले दाबी भुक्तानीमा पनि अघिल्लो वर्षको तुलनामा कम रकम खर्च गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५४ करोड ३० लाख ९४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० करोड २२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ। यसअनुसार कुल दाबी भुक्तानी ६२.७६ प्रतिशतले घटेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ५ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ८२ पैसामा सीमित भएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ०८ पैसा रहेको छ। कम्पनीको चुक्तापुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ। त्यस्तै, विपत्ति कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ र बीमा कोषमा ८३ करोड ४६ लाख ८६ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। The post हिमालयन रि–इन्स्योरेन्सको नाफा ५७.८२ प्रतिशत घट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुस्ताङको ठिनी खोला पुल
Latest NewsJust now

मुस्ताङको ठिनी खोला पुल

मुस्ताङ।मुस्ताङको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले चार करोड ४६ लाखको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन्। मन्त्रालय अन्तर्गत लम्बाइ ३५ मिटर र ८.४ मिटर चौडाइको उक्त पुल निर्माणपछि पर्यटकीय गन्तव्य ढुम्बाताल, ढुम्बा, सम्ले, छैरो, चिमाङ, ठिनी र मार्फा क्षेत्रमा बाह्रै महिना सडक ...

नेपालन्युज
एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री
Latest NewsJust now

एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री

सान फ्रान्सिस्को, कात्तिक ३० गते । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पु-याएको आशङ्काबारे एनभिडियासँग १० दिनभित्र जवाफ माग्नुभएको छ... ...

गोरखापत्र
बझाङमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु
Latest NewsJust now

बझाङमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाण्डु – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० बस्ने राजमति महरा, तारा महरा र डल्ली […] ...

काठमाण्डुपाटी
‘जदौ’मा बाँचेको आवाज
Latest NewsJust now

‘जदौ’मा बाँचेको आवाज

‘जदौ स्रोता, जदौ, खुल्यो साहित्य संसारको दैलो।’ कुनै समय नेपाली रेडियो सुन्ने धेरै मानिसका लागि यो केवल कार्यक्रम सुरु भएको सङ्केत थिएन। यो गाउँको आँगनसम्म आइपुग्ने आत्मीय सम्बोधन थियो। खेतबारीमा काम गरिरहेका किसान, चुलोचौकोमा व्यस्त गृहिणी, चौतारीमा बसेका बूढापाका र साहित्यप्रेमी श्रोताका कानमा एउटा परिचित आवाज ठोक्किन्थ्यो। त्यो आवाजसँगै नेपाली लोकजीवनका कथा, भाषाको मिठास, समाजका विसङ्गति र परिवर्तनका सपना रेडियोका तरङ्गमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play