हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ ।चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्थामा फेला पारेको हो । उद्धार गरिएका पशुलाई तुम्लिङमा सुरक्षित रूपमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

२७ दिनसम्म घाँस नखाई बाँचे

गत असोज १० र ११ गते भएको भारी हिमपातपछि ग्याउ खोला र लिङ खोलाका पाटनमा चरिरहेका तीन सयभन्दा बढी पशु बेपत्ता भएका थिए ।लामो समयसम्म पशु फेला नपरेपछि स्थानीयवासीले तिनलाई जीवितै भेट्ने आशासमेत कम गरिसकेका थिए । तर, खोजीमा गएको टोलीले साँक्या खोलामा पशुहरू जीवितै फेला पारेपछि स्थानीयवासी खुसी भएका छन् ।

वडाध्यक्ष तामाङका अनुसार पशुको खोजीका लागि चारवटा समूह बनाएर टोली परिचालन गरिएको थियो । खोजीका क्रममा ३०७ पशु सकुशल फेला परेपछि उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको उनले बताए ।‘२७ दिनसम्म घाँस नखाएर पनि पशुहरू बाँच्न सफल भएछन् । जीवितै भेटिने आशा कम भइसकेको अवस्थामा पशुहरू फेला परेपछि हामी खुसी भएका छौँ,’ उनले भने ।

उद्धार गरिएका पशुमध्ये ५० वटा घोडा, २० वटा झोपा र २३७ वटा चौँरीगाई रहेका छन् । लामो समयसम्म हिउँमा फसेका घोडाले आफ्नो पुच्छर आफैँ खाएको अवस्थामा भेटिएको वडाध्यक्ष तामाङले बताए । उद्धार गरिएका कुनै पनि घोडाको पुच्छर बाँकी नरहेको उनको भनाइ छ ।

पशुको खोजीका लागि चारवटा समूह परिचालन गरिएकामा तीनवटा समूह अझै खोजीमै रहेको उनले जानकारी दिए । बाँकी समूहले खोजी जारी राखेकाले थप पशु फेला पर्न सक्ने अपेक्षा गरिएको छ ।भारी हिमपातका कारण उच्च पाटनमा चरिरहेका पशु बेपत्ता भएपछि स्थानीयवासी चिन्तित बनेका थिए । ठूलो संख्यामा पशु हराएपछि नाम्खा गाउँपालिकाले खोजी कार्यलाई सहज बनाउन ताक्चीदेखि ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेन्डर आह्वान गरेको थियो ।

सडकमा जमेको हिउँ पन्छाएपछि बेपत्ता पशुको खोजीमा सहज भएको हो । लामो समयसम्म हिउँमा फसेका पशु जीवितै भेटिएपछि लिमीवासीले राहत महसुस गरेका छन् । हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पशुचौपाया जोखिममा पर्ने समस्या फेरि एकपटक उजागर भएको छ ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने
६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लायन्सको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ। हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने… ...

२६औं आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
६ कात्तिक, काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा हुने २६औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८३ माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। क्लबले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो। हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिता पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुनेछ। ‘खेलकुदको विकासमा… ...

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु
६ कात्तिक, रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौंस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो । बाढीका क्रममा सर्वसाधारणका महत्त्वपूर्ण कागजात तथा नागरिकतासमेत हराएका वा नष्ट… ...

नेपाली मूलका आरव भण्डारी अस्ट्रेलियाको मेलबर्न भिक्ट्री एकेडेमीमा अनुबन्ध
६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको क्यानबेरामा रहेका १२ वर्षीय फुटबल खेलाडी आरव भण्डारी मेलबर्न भिक्ट्रीको ए–लिग एकेडेमी टोलीमा अनुबन्ध हुने भएका छन्। लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीबाट खेल्दै आएका भण्डारीलाई मेलबर्न भिक्ट्रीले छनोट गरेको हो। अनलाइनखबरसँगको कुराकानीमा आरभका बुवा सन्तोष भण्डारीले फुटबलमा देखाएको प्रतिभाका कारण आरभलाई क्लबले छनोट गरेको बताउँछन्। सन्तोषका अनुसार उनी लुस्टिका फुटबल… ...