Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको परियोजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको परियोजना
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्यले ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जीवनी परियोजना’ सञ्चालन गरिने भएको छ। यस परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान प्राप्त हुनेछ। नेपाल सरकारले ११.३२ मिलियन, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले २.१४ मिलियन र निजी क्षेत्रका साझेदारले ०.३२ मिलियन अमेरिकी डलर सहवित्तीय योगदान गर्नेछन्। सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने परियोजनाबाट प्रत्यक्ष रूपमा तीन लाख ८५ हजारभन्दा बढी मानिस लाभान्वित हुने जनाइएको छ। लाभान्वितमध्ये ५५ प्रतिशत महिला हुनेछन्। त्यस्तै, तल्लो तटीय जलाधार क्षेत्रमा बसोबास गर्ने करिब २० लाख मानिसले अप्रत्यक्ष रूपमा सुरक्षा लाभ प्राप्त गर्नेछन्। परियोजनाको उद्घाटन कार्यशालामा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव नवीनराज सिंहले समयमै र प्रभावकारी कार्यान्वयनका लागि एकीकृत तथा सहकार्यमा आधारित दृष्टिकोणलाई प्राथमिकता दिइने बताए। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुका साथै जलविद्युत् विकासकर्ता, निजी क्षेत्र र अन्य सरोकारवालासँगको सहकार्य सुदृढ बनाउने लक्ष्य रहेको उनको भनाइ थियो। हिमाली क्षेत्रमा तीव्र गतिमा तापक्रम वृद्धि हुँदा हिमनदी पग्लिने क्रम बढ्नुका साथै उच्च हिमाली क्षेत्रमा रहेका हिमताल विस्तार भइरहेका छन्। यसले विपद्पछि प्रतिक्रिया जनाउने परम्परागत अभ्यासभन्दा अघि बढेर दीर्घकालीन जोखिम न्यूनीकरणका लागि सक्रिय पहल गर्नुपर्ने आवश्यकता देखाएको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि देशले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले बताए। यसको पछिल्लो उदाहरण रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएका आकस्मिक बाढी रहेको उनको भनाइ थियो। यस संयुक्त पहलमार्फत जिएलओएफ जोखिम न्यूनीकरणका प्रयासलाई राष्ट्रिय विकासका प्राथमिकता र जवाफदेहिताका ढाँचासँग समन्वय गरिने उनले बताए। नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले दुई महिनाअघि रसुवा–भोटेकोशी र गण्डकी जलाधार क्षेत्रमा आएका विनाशकारी बाढीले जलवायुसम्बन्धी चरम जोखिम कति छिटो मानवीय र आर्थिक विपत्तिमा परिणत हुन सक्छ भन्ने देखाएको बताइन्। “यसले हामीलाई एउटा सरल तर महत्त्वपूर्ण सन्देश पनि दिएको छ—अर्को विपद्को प्रतीक्षा गरेर हामी बस्न सक्दैनौँ”, उनले भनिन्। परियोजनाले विपद्पछि प्रतिक्रिया जनाउने अवस्थाबाट अघि बढेर जोखिमको पूर्वानुमान गर्ने, न्यूनीकरण गर्ने र विपद् आउनुअघि नै विकासका लगानी संरक्षण गर्ने अवसर दिने उनको भनाइ थियो। हरित जलवायु कोष (जिसिएफ) सचिवालयका जलवायु लगानी प्रमुख बप्पोन फखरुद्दिनले परियोजनालाई विस्तारयोग्य पहलका रूपमा लिनुपर्ने बताए। यसले सीमापार लचिलोपनसम्बन्धी सहकार्यलाई सक्षम बनाउनुका साथै राष्ट्रिय पारिस्थितिक प्रणालीभित्र जीविकोपार्जन, वित्त, व्यवसाय र साझेदारीका क्षेत्रमा थप अवसर सिर्जना गर्ने उनको भनाइ थियो। चार हिमतालको पानीको सतह घटाइने परियोजनाको प्रमुख घटकका रूपमा उच्च हिमाली क्षेत्रमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउने योजना छ। यसअनुसार डोना, लुम्दिङ छ्यो र तल्लो बरुण हिमतालको पानीको सतह तीन–तीन मिटर तथा हङ्गु–२ हिमतालको सतह एक मिटर घटाइनेछ। हिमतालको पानीको सतह घटाउनेबाहेक परियोजनाले जलवायु जोखिमसम्बन्धी सूचना तथा योजना सुदृढ बनाउने, जलविज्ञान तथा मौसमसम्बन्धी अनुगमन प्रणाली विस्तार गर्ने र पूर्वसूचना प्रणाली स्थापना तथा सुधार गर्नेछ। तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम घटाउन प्रकृतिमा आधारित समाधान र सुरक्षात्मक पूर्वाधारको विकास तथा कार्यान्वयन पनि गरिनेछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले पूर्वसूचना प्रणाली सुदृढ बनाउनु भनेको विज्ञानमा आधारित सूचना जोखिममा रहेका समुदायसम्म पर्याप्त समयअघि पुर्‍याउनु भएको बताए। यसबाट जोखिम विपद्मा परिणत हुनुअघि नै समुदायले आवश्यक कदम चाल्न सक्ने उनको भनाइ थियो। “उत्थानशीलता निर्माण गर्न सरकार, विकास साझेदार, निजी क्षेत्र र स्थानीय समुदायलाई एकै ठाउँमा ल्याउने समग्र समाजको दृष्टिकोण आवश्यक छ”, उनले भने, “सामूहिक रूपमा काम गरेर हामी जोखिमलाई उत्थानशीलतामा रूपान्तरण गर्न र सुरक्षित तथा जलवायु परिवर्तनप्रति थप उत्थानशील नेपाल निर्माण गर्न सक्छौँ।” जल तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले हिमाली क्षेत्रमा तीव्र परिवर्तन भइरहेकाले हिमतालहरू ‘टिकटिक गरिरहेका टाइम बम’ जस्तै बनेको बताए। सानो बाँध फुट्दा पनि ठूलो क्षति हुन सक्ने भएकाले वातावरणीय तथा सामाजिक सुरक्षाका मापदण्ड पालना गर्दै हिमतालको पानीको सतह घटाउन आवश्यक रहेको उनको भनाइ थियो। परियोजना कार्यान्वयनमा स्थानीय सरकार तथा छनोट गरिएका नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनीहरूले जोखिममा रहेका समुदायलाई पूर्वसूचनाका आधारमा आवश्यक कदम चाल्न सहयोग गर्ने जनाइएको छ। परियोजनाका लागि छनोट भएका स्थानीय तहमध्ये एक नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले यसलाई समुदायलाई थप सुरक्षित र उत्थानशील बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए। सूचित भू–उपयोग योजना, गहन अनुसन्धान र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत सुरक्षित बस्ती निर्माण, जीविकोपार्जन सुधार तथा जलविद्युत् र पर्यटन विकासका नयाँ अवसर सिर्जना गर्न परियोजनाले सहयोग पुर्‍याउने उनको भनाइ थियो। ‘जिएलओएफ सञ्जीवनी परियोजना’ जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत रहेको जल तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत कार्यान्वयन हुनेछ। यसमा चुरे तथा जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्य रहनेछ। अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल पनि परियोजनाका प्रमुख साझेदारका रूपमा रहनेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कोशी र बागमतीको बराबरी
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कोशी र बागमतीको बराबरी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधवार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबर गोल गरेपछि अङ्क बाँडेका छन् । कर्णाली रङ्गशालामा भएको खेलमा कोशी र बागमतीले... ...

रातोपाटी
नागरिक लगानी कोषको अर्बौं रकम परिचालनमा सांसदहरूले खोजे स्पष्ट नीति
Latest NewsJust now

नागरिक लगानी कोषको अर्बौं रकम परिचालनमा सांसदहरूले खोजे स्पष्ट नीति

काठमाडाैँ । नागरिक लगानी कोषमा अर्बौं रकम रहेको भन्दै त्यसको सही रुपमा परिचालनका लागि स्पष्ट नीति जरुरी रहेको सांसदहरूले बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा सांसदहरूले कोषको लगानी नीति, प्रतिफल, संस्थागत सुशासन र योगदानकर्ताको हितका विषय उठाएका हुन् । उनीहरूकाअनुसार अर्बौं परिचालनका लागि स्पष्ट लगानी नीति हुनुपर्छ । ...

टक्सार
सर्वोच्चले सरकारसँग माग्यो आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नुको कारण
Latest NewsJust now

सर्वोच्चले सरकारसँग माग्यो आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नुको कारण

• सर्वोच्च अदालतले लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। • नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, र अन्य सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जबाफ पेश गर्न भनिएको छ। • आनीको नागरिकतामाथि प्रश्न र विगतमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दाबी गर्दै रिट दर्ता गरिएको हो। ...

नेपालबहस
नेपाल-फिनल्यान्ड चेम्बरको साधारणसभा : नेपाल–फिनल्यान्ड व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड
Latest NewsJust now

नेपाल-फिनल्यान्ड चेम्बरको साधारणसभा : नेपाल–फिनल्यान्ड व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

काठमाडौं। नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा फिनल्यान्डका लागि नेपालस्थित राजदूत पेट्री पुभाक्का (H.E. Petri Puhakka) प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा अध्यक्ष प्रज्वल जंग पाण्डेले स्वागत मन्तव्य दिँदै नेपाल–फिनल्यान्ड चेम्बर सन् २०२२ मा दुई देशबीच आर्थिक कूटनीति र व्यापारिक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement