Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली ल्याउन प्राधिकरणले पायो अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली ल्याउन प्राधिकरणले पायो अनुमति
Photo / Coverage: पर्दाफास

नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रिय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिष्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ । अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । विद्युत आयातका लागि कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रशारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाटको अनुमति प्राप्त भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन सहज हुने बताउनुभएको छ । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत प्रणालीबाट विच्छेद भएका छन् । यसलाई समेत ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको श्रेष्ठले बताए । गत वर्षको विद्युत माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिनाको अवधिमा आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान गरिएको छ । उक्त अवधिमा भारतबाट विद्युत आयात गर्नुपर्ने प्राधिकरणको आँकलन छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत आयात गर्नुपर्ने अनुमान गरिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको प्रक्षेपण छ । पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान गरिएको छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाने र आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने भएकाले आयात क्रमशः घट्दै निर्यात सुरु हुने अपेक्षा गरिएको छ । यसैगरी, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त विद्युत निर्यात गर्न सक्नेछ । हिउँदयाममा भारतबाट विद्युत् आयात गर्ने र उत्पादन बढ्ने समयमा निर्यात गर्ने व्यवस्थाले नेपालको विद्युत् माग तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पपुवा न्युगिनीमा सडक दुर्घटना : ९ को मृत्यु, दुई जना गम्भीर घाइते
OthersJust now

पपुवा न्युगिनीमा सडक दुर्घटना : ९ को मृत्यु, दुई जना गम्भीर घाइते

पूर्वी हाइल्यान्ड्स क्षेत्रका प्रान्तीय प्रहरी कमान्डर प्रमुख सुपरिटेन्डेन्ट अल्बर्ट बेलीले पछिल्ला केही सातायता उक्त क्षेत्रमा धेरै घातक सडक दुर्घटना भएको बताएका छन्। ...

अनलाइन खबर
आईपीएल ट्रेड : राजस्थानमा मोहम्मद शामी र सिद्धार्थ, साम करान लखनउमा
OthersJust now

आईपीएल ट्रेड : राजस्थानमा मोहम्मद शामी र सिद्धार्थ, साम करान लखनउमा

१ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि खेलाडी साटफेर गर्ने क्रममा मोहम्मद शामी र एम सिद्धार्थ राजस्थान रोयल्समा पुगेका छन्। अलराउन्डर साम करान भने राजस्थानबाट लखनउ सुपर जायन्ट्समा गएका छन्। अनुभवी तीव्र गतिका बलर शामी लखनउबाट राजस्थान पुगेका हुन्। लखनउले उनलाई १० करोड भारुमा अनुबन्ध गरेको थियो। तर, राजस्थानमा उनको नयाँ अनुबन्ध… ...

अनलाइन खबर
एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने
OthersJust now

एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार, भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा आजको बैठकमा छलफल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play