Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Photo / Coverage: केन्द्रबिन्दु

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए । आफू जस्तै विस्थापित भएका अरु पाँच परिवार पनि त्रिपाल उडाएपछि विचल्लीमा परेको उनी बताउँछन् । बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरवास उठेको छ । “बिहान ३ बजे तिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो । फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ । होइन रहेछ”, लालमाया भन्छिन्, “हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ । तर एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो । हामीलाई फेरि खुला आकाशमुनि बनायो ।” राहतमा पाएको ओढ्ने, ओछ्याउने र लगाउने लुगाहरु पनि हावाहुरीले उडाएर विचल्ली बनाएको उनको दुखेसो छ । “हाम्रो चिल्लीबिल्ली भयो । ” भाँडाकुँडा र खाद्यान्न भने बाढीले क्षति नपुर्‍याएको कुनै घरमा राखेकाले सुरक्षित रहेको उनको भनाइ छ । एक्कासी आएको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएको त्रिपाल उडाएको स्थानीय विशाल घलेले जानकारी दिए । उनीहरुलाई फेरि पुनःस्थापित गर्नुपर्ने अवस्थामा पुर्‍याएको उनको भनाइ छ । हावाहुरीले धार्चे–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको भवनको छाना पनि उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धार्चे–५ का दुई गाउँबस्तीमा, धार्चे ३ को उहियामा र चुमनुब्री ३ को जगत र सल्लेरीमा निजी आवास तथा विद्यालय भवनको छाना उडाएर बिचल्ली बनाएको प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए । जिल्लाभरि भएको हावाहुरीको प्रभावको तथ्याङ्क सङ्कलन गरिरहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको सुखद् सुरुआत
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको सुखद् सुरुआत

सुर्खेत। सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेलहरू भने मङ्गलबारदेखि नै सुरु भएका छन्। तोकिएको समयावधि (१६ देखि २७ गतेसम्म) भित्र सबै खेल सम्पन्न गर्न नसकिने भएपछि आयोजक र सहआयोजकको निर्णयअनुसार उद्घाटनअघि नै प्रतियोगिता सुरु गरिएको हो। दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत आठ जिल्लामा खेल प्रतियोगिता सञ्चालन भइरहेका छन्। कर्णाली प्रदेशका सुर्खेत, ...

नेपालन्युज
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो
Latest NewsJust now

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो। बान्टेन प्रान्तको... ...

रातोपाटी
राष्ट्रिय पौडी च्याम्पियनसिप : पहिलो दिन बागमती, आर्मी र पुलिसको वर्चस्व
Latest NewsJust now

राष्ट्रिय पौडी च्याम्पियनसिप : पहिलो दिन बागमती, आर्मी र पुलिसको वर्चस्व

मंगलबार भएको प्रतिस्पर्धामा व्यक्तिगत तथा रिले स्पर्धाअन्तर्गत पुरुषतर्फ १५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठ १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement