Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

हसिना फर्किए पक्राउ गर्ने बङ्गलादेश सरकारको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
हसिना फर्किए पक्राउ गर्ने बङ्गलादेश सरकारको चेतावनी
Photo / Coverage: नेपालन्युज

ढाका। बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै फर्किए पक्राउ गरिने जनाएको छ। सरकारले उनको सम्भावित पुनरागमनलाई रोक्न भारतसँगको सीमाक्षेत्रमा सुरक्षा सतर्कता पनि बढाएको छ। हसिनाले भारतको नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन्। तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा सुनाउँदै हसिना सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएका छन्। पत्रकारसँग कुरा गर्दै कबिरले बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको बताए। उनले हसिना फर्किए हतकडी लगाइने चेतावनीसमेत दिए। हसिनाले डिसेम्बर १६ मा फर्कने घोषणा गरेपछि सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) ले भारतसँगको सीमामा गस्ती बढाएको छ। सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि भारत पुगेकी हसिना त्यसयता नयाँदिल्लीमा रहँदै आएकी छन्। उनको घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव बढेको छ। यसैबीच, सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ। राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे छलफल भएको जनाइएको छ। सरकारले अवामी लिगले आतङ्कवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै पार्टीका सदस्यहरू स्वदेश फर्किए कानुनी कारबाही गरिने विदेशी कूटनीतिज्ञहरूलाई जानकारी दिएको छ। डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो। सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बङ्गलादेश स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
Latest NewsJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

• जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले चर्को आवाजमा डीजे र ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न अनुरोध गरेको छ, जसले स्वास्थ्य र शान्तिमा असर पार्न सक्छ। • पटाकाजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र कानूनी कारवाहीको चेतावनी दिइएको छ। • प्रहरीले बुटवल उपमहानगरपालिकामा सातजना बिचौलियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Latest NewsJust now

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए ...

केन्द्रबिन्दु
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल
Latest NewsJust now

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement