Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Photo / Coverage: केन्द्रबिन्दु

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए । आफू जस्तै विस्थापित भएका अरु पाँच परिवार पनि त्रिपाल उडाएपछि विचल्लीमा परेको उनी बताउँछन् । बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरवास उठेको छ । “बिहान ३ बजे तिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो । फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ । होइन रहेछ”, लालमाया भन्छिन्, “हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ । तर एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो । हामीलाई फेरि खुला आकाशमुनि बनायो ।” राहतमा पाएको ओढ्ने, ओछ्याउने र लगाउने लुगाहरु पनि हावाहुरीले उडाएर विचल्ली बनाएको उनको दुखेसो छ । “हाम्रो चिल्लीबिल्ली भयो । ” भाँडाकुँडा र खाद्यान्न भने बाढीले क्षति नपुर्‍याएको कुनै घरमा राखेकाले सुरक्षित रहेको उनको भनाइ छ । एक्कासी आएको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएको त्रिपाल उडाएको स्थानीय विशाल घलेले जानकारी दिए । उनीहरुलाई फेरि पुनःस्थापित गर्नुपर्ने अवस्थामा पुर्‍याएको उनको भनाइ छ । हावाहुरीले धार्चे–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको भवनको छाना पनि उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धार्चे–५ का दुई गाउँबस्तीमा, धार्चे ३ को उहियामा र चुमनुब्री ३ को जगत र सल्लेरीमा निजी आवास तथा विद्यालय भवनको छाना उडाएर बिचल्ली बनाएको प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए । जिल्लाभरि भएको हावाहुरीको प्रभावको तथ्याङ्क सङ्कलन गरिरहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
Latest NewsJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

• जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले चर्को आवाजमा डीजे र ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न अनुरोध गरेको छ, जसले स्वास्थ्य र शान्तिमा असर पार्न सक्छ। • पटाकाजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र कानूनी कारवाहीको चेतावनी दिइएको छ। • प्रहरीले बुटवल उपमहानगरपालिकामा सातजना बिचौलियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल
Latest NewsJust now

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

सुर्खेत । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार भएको महिला क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दुवै टोलीले पहिलो खेलमै शानदार प्रदर्शन गरेका छन् । वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला नजिकैको क्रिकेट मैदानमा समूह ‘बी’मा रहेको एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले हराएको छ । १९८ रनको विशाल लक्ष्य पाएको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement