Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हवाई फायर गरेर ब्राउन सुगरसहित दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
हवाई फायर गरेर ब्राउन सुगरसहित दुई जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

रुपन्देही । कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो । वाणगङ्गा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगङ्गा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए । प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार लागूऔषध कारोबार भइरहेको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा सात सदस्यीय प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा खटिएको टोलीले संयुक्त रूपमा पसलमा छापा मारेको थियो । प्रहरीले खानतलासी गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइराखेको २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको थप चार ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै स्थानबाट बरामद भएको ब्राउन सुगरको शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ईयू प्रतिबन्धको जवाफमा रुसी आयातमा कडाइ हुन सक्ने
Latest NewsJust now

ईयू प्रतिबन्धको जवाफमा रुसी आयातमा कडाइ हुन सक्ने

काठमाडाैँ । युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिक्रियास्वरूप रुसले केही युरोपेली वस्तुमा आयात शुल्क बढाउने वा तिनको आयातमा प्रतिबन्ध लगाउने सम्भावना रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ। रुसी विदेश मन्त्रालयको... ...

रातोपाटी
नेकपा र नेपाल कम्युनिस्ट पार्टीबीच एकता
Latest NewsJust now

नेकपा र नेपाल कम्युनिस्ट पार्टीबीच एकता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टीबीच एकता भएको छ। मंगलबार नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।  दुवै दलबीच भएको एकताअनुसार, अब पार्टीको नाम ‘न... ...

नेपालखबर
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
Latest NewsJust now

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

काठमाडौं।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। सो क्रममा नेपालमा सञ्चालित श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको ...

नेपालन्युज
एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी
Latest NewsJust now

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

काठमाडौं । एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’मा प्राप्त भएका बुकिङ अनुसार डेलिभरी दिन सुरु गरिएको जनाएको छ । एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलका बीई११ मोडल लन्च गरेको थियो । त्यस क्रममा करिब ४ सय गाडी बुकिङ भएका थिए । अटो शो र त्यसपछि पनि बुकिङ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play