Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु
Photo / Coverage: नेपालन्युज

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ। स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सीलगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने हर्बल साबुन, हात धुने झोल साबुन, एरियल तथा सामान्य सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेलजस्ता सरसफाइका सामग्री उत्पादन गरेका हुन्। हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउन गत वैशाखमा आधारभूत तालिम नि:शुल्क प्रदान गरेको थियो। गाउँघरमा त्यसै खेर गइरहेका वनस्पतिबाट साबुनलगायत सरसफाइका सामग्री बनाउन सकिन्छ भनेर नगरपालिकाले नि:शुल्क उपलब्ध गराएपछि स्थानीय महिलाले अहिले आम्दानी गर्न थालेका छन्। उच्चस्तरको तालिमपश्चात् लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्री गरिरहेको तालिममा सहभागी स्थानीय महिला रेनुका चाम्लिङले जानकारी दिइन्। नगरपालिकाले यसअघि प्रदान गरेको अचार बनाउने तालिममा सहभागी बनेकी रेनुकाले अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गरिरहेकी छन्। नगरपालिकाले प्रदान गरेको नि:शुल्क तालिमले चुलोचौकामा सीमित स्थानीय महिलाको जीवन नै परिवर्तन गरेको छ। तालिमबाट सिकेका सीपलाई व्यावसायिक बनाउन सुरु गरेका नौ जना स्थानीय महिलालाई नगरपालिकाले पुनः उच्चस्तरको ९एडभान्स० तालिम दिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता सुरेश धामीले जानकारी दिए। महिलाले स्थानीयस्तरमा उत्पादन गरेका साबुनलगायत सरसफाइका सामग्री नगरपालिकाभित्रका सबै कार्यालय र विद्यालयमा अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको नगरप्रमुख विमला राईले बताइन्। “उद्यमशील बन्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ। साबुन बनाउन सुरु गरेका स्थानीय महिलालाई ढुक्कले अगाडि बढ्न आग्रह गरेका छौँ”, उनले भनिन्, “बजारीकरणको लागि कुनै चिन्ता लिनुपर्दैन। उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानी गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ।” नगरपालिकाले उपलब्ध गराएको एडभान्स तालिमले साबुनको गुणस्तर र ब्रान्डिङलाई थप व्यवस्थित बनाउन सहयोग पुगेकाले उपभोक्ताबाट बिस्तारै माग बढ्दै जाने उद्यमी महिलाको विश्वास छ। हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह गठन गरेर उनीहरूले साबुनलगायत सरसफाइका सामग्री बनाउन सुरु गरेका हुन्। विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीसमेत रहेको यो नगरपालिकाका महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीका लागि अन्यत्र बजार खोजिरहनुपर्ने अवस्था नरहेको स्थानीय व्यवसायीले बताएका छन्। दैनिक भक्तजन तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा आयातित सामग्री उपयोग गर्नुपर्ने अवस्था रहेकोमा आफ्नै ठाउँका महिलाले उत्पादन गरेका सरसफाइका सामग्री उपभोग गर्न पाउँदा उपभोक्ता तथा व्यवसायीलाई सहज भएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
टुँडिखेलमा ठाउँ नपाएपछि सर्‍यो आन्दोलन घोषणाको कार्यक्रम
Latest NewsJust now

टुँडिखेलमा ठाउँ नपाएपछि सर्‍यो आन्दोलन घोषणाको कार्यक्रम

काठमाडौँ । विभिन्न ९ वटा दल मिलेर बनेको अग्रगामी मोर्चाले घोषणा गर्ने भनिएको आन्दोलनका कार्यक्रम पछि सरेको छ । मङ्सिर १० गते टुँडिखेलबाट आन्दोलनको कार्यक्रम घोषणा गर्ने मोर्चाको तयारी थियो ।... ...

रातोपाटी
यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
Latest NewsJust now

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

दुर्घटनाको कारण खुल्न सकेको छैन । गृह मन्त्रालयले घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि निष्कर्ष सार्वजनिक गरिने जनाएको छ । ...

कान्तिपुर
साइकलमै लुम्बिनीको ग्रामीण परिवेश र सम्पदा घुम्न पाइने, तीन रुट सञ्चालनमा
Latest NewsJust now

साइकलमै लुम्बिनीको ग्रामीण परिवेश र सम्पदा घुम्न पाइने, तीन रुट सञ्चालनमा

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन। ...

हाम्राकुरा
चीनको अन्तरिक्ष मिसनमा पाकिस्तानी अन्तरिक्षयात्री, यस्तो छ तीन सदस्यीय टिम र प्रशिक्षण
Latest NewsJust now

चीनको अन्तरिक्ष मिसनमा पाकिस्तानी अन्तरिक्षयात्री, यस्तो छ तीन सदस्यीय टिम र प्रशिक्षण

जिउक्वान । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement