स्वीडेनमा सरकारी कम्युटरमा च्याटजीपीटि र क्लाउड प्रयोगमा प्रतिबन्ध

स्वीडेन सरकारले सुरक्षा तथा संवेदनशील तथ्यांकको प्रशोधन सम्बन्धी चिन्ताका कारण ब्राउजरमार्फत च्याटजीपीटि र क्लाउड प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। सरकारी सूचनाको सुरक्षा बलियो बनाउने उदेश्उ सहित अक्टोबर २६ देखि यो प्रतिबन्ध लागू गरिएको हो। यस अघि स्वीडेनको यातायात प्रशासनका कर्मचारीले कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने विषयमा गरिएको समीक्षापछि सरकारले यस्तो निर्णय लिएको हो। सरकारी कामका समयमा एआई प्लेटफर्महरुको प्रयोगमा केही ‘समस्याग्रस्त’ कार्यहरु पहिचान गरिएको थियो। स्वीडेनको सरकारी कार्यलयका डिजिटललाइजेसन निर्देशक मिकेल वेटरक्रान्टजले यस्ता सम्झौताले समेट्न नसकेका प्लेटफर्म प्रयोग गर्दा सूचना सुरक्षामा असर पर्न सक्ने चेतावनी दिएका छन्। सरकारले वैकल्पिक रुपमा माइक्रोसफ्टको कोपाइलट प्रयोग गर्न सिफारिस गरेको छ। उक्त उपकरणले सुरक्षा समीक्षाको प्रक्रिया पुरा गरेको र अमेरिकी कम्पनी माइक्रोसफ्ट तथा स्वीडेन सरकारबीच भएको सम्झौताले यसको प्रयोगलाई समेटेको छ। यो प्रतिबन्धले सरकारी कर्मचारीले आफ्नो काममा एआई प्रयोग गर्नै नपाउने भन्ने होइन। अब यसको प्रयोगमा थप कडा सुरक्षा नियन्त्रण लागु गरिने छ। सीमित संख्याका कर्मचारीले भने सरकारी अधिकारीहरुले विकास गरेको एआई प्लेटफर्ममार्फत च्याटजीपीटि र क्लाउड प्रयोग गर्न पाउनेछन्। स्वेरिजेस रेडियोको अनुसार स्वीडेनको कर निकाय र राष्ट्रिय संस्थागत हेरचाह बोर्डले पनि च्याटजीपीटि र क्लाउडको प्रयोगमा यस्तै प्रतिबन्ध लगाएका छन्। स्वीडेनको प्रवर्तन प्राधिकरणले पनि यस विषयमा समीक्षा गरिहेको छ। टेलिग्राफका अनुसार, तथ्यांक सुरक्षा सम्बन्धी चिन्ताका कारण स्वीडेन सरकारले स्वीकृति नदिएका एआई उपकरणका सुचीमा च्याटजीपीटि र क्लाउड सगैँ चीनको डिपसीक पनि परेको छ। गत साता अमेरिकाले पनि चिनियाँ एआई कम्पनीका उत्पादन तथा सेवामाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ। The post स्वीडेनमा सरकारी कम्युटरमा च्याटजीपीटि र क्लाउड प्रयोगमा प्रतिबन्ध appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

मोटोरोलाको नयाँ वाइड-फोल्डिङ स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन ५ चिपसेट हुन सक्ने
ह्यान्डसेट निर्माता कम्पनी मोटोरोलाले चाँडै नै आफ्नो पहिलो ‘वाइड-फोल्डिङ’ स्मार्टफोन बजारमा ल्याउन सक्छ, जसलाई “मोटोरोला रेजर फ्लेक्स २७” (Motorola Razr Flex 27) नाम दिइन सक्छ। यसका मुख्य विशेषताहरूबारे लीक भएका विवरणहरू मार्फत बाहिर आएको छ। हालै, अमेरिकी डिभाइस निर्माता एप्पलले पनि आफ्नो पहिलो “पासपोर्ट-शैली” (वाइड-फोल्डिङ) को फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गरेको छ। यस श्रेणीका अन्य उल्लेखनीय स्मार्टफोनहरूमा सामसङ ग्यालेक्सी ...

स्क्रिनमा समस्या देखिएका आइफोन डुओ साटिदिने एप्पलको घोषणा
पहिलो फोल्ड हुने आइफोन बजारमा ल्याएको केही दिनमै एप्पलले सोमबार आफ्ना केही उपकरणमा स्क्रिनसम्बन्धी समस्या देखिएको स्वीकार गरेको छ। कम्पनीले समस्या देखिएका उपकरण साटिदिने जनाएको छ। एप्पलले गत साता आइफोन डुओको बिक्री सुरु गरेको थियो। अनलाइनबाट गरिएका प्रारम्भिक अर्डर केही मिनेटमै सकिएपछि विश्वभरका ग्राहक सीमित मौज्दातमा रहेका फोन किन्न पसलहरूमा लाइन लागेका थिए। आइफोन डुओ पासपोर्टको पुस्तिकाजस्तै खुल्ने भएकाले यसको उत्पादन जटिल ...

एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने
एनभिडिया र मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) सहायक तथा सम्बन्धित मोडलको विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। मंगलबार दुवै कम्पनीले साझेदारी गहिरो बनाउने घोषणा गरेका हुन्। यसअन्तर्गत एनभिडियाले मेटाको सेयर निष्कासनमा ३ अर्ब डलर लगानी गर्नेछ। मेटाका ‘म्युज’ एआई मोडल तथा एजेन्टहरू एनभिडियाको पूर्वाधारमा सञ्चालन हुँदै आएका छन्। अब दुवै कम्पनीले ती मोडलको कार्यक्षमता बढाउन र सञ्चालन लागत घटाउन थप सहकार्य गर्नेछन्। मेटाका ...


