काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्ने तथा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको प्रणालीलाई एकीकरण गर्ने प्रस्तावमाथि विस्तृत छलफल गरिएको हो। हाल यी निकायहरू छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका छन्। छलफलमा विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी यी निकायहरूलाई आपसमा आबद्ध गर्ने र एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने विषयमा विचार विमर्श भएको छ। यसले योगदान सङ्कलन र सेवा भुक्तानी प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमको उपस्थिति रहेको थियो। साथै, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीशचन्द्र अग्रवाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरूको समेत सहभागिता थियो।
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

Read Complete Original Article
Published originally on नेपालन्युज






