स्वरांकनमा ‘चिरञ्जीवी भवः’

काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वरांकन (डबिङ)सुरु भएको छ । निर्माणपक्षका अनुसार बिहीबारदेखि पोस्ट प्रोडक्सनको काम अघि बढाइएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अभिनेता हरिवंश आचार्यले आफ्नो संवाद रेकर्ड गराउँदै स्वरांकनको सुरुवात गर्नुभएको छ । निर्देशक आचार्यले चलचित्र निर्माणमा गुणस्तरमा सम्झौता नगरिएको बताउँदै पोष्ट प्रोडक्सनमा पनि उत्तिकै मिहिनेत गरिने बताउनुभयो । सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गर्नेछ । चलचित्रमा हरिवंशसँगै करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारको अभिनय छ । प्रशंसाले यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ । कुमार कट्टेल ‘जिग्री ब्रो’को कथा रहेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पार्नुभएको हो । उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको थियो । निर्देशक आचार्यको अघिल्लो चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । त्यसैले ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो रहने अपेक्षा गरिएको छ । चलचित्रले आगामी २०८३ माघ १ गतेदेखि प्रदर्शन मिति तय गरेको छ । यसको वितरण आरआर फिल्मस्ले गर्नेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने
पाल्पामा सञ्चालन भइरहेको ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताको फाइनलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सबीच प्रतिस्पर्धा हुने भएको छ । ...

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
काठमाडौँ, कात्तिक १३ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखा... ...

चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी
चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । ...

एनपीएलमा राहुलको सनसनी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेलिरहेका १७ वर्षीय बलर राहुल यादवले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । यादवले सुरुआती दुई खेलमै प्रभावशाली प्रदर्शन गर्दै क्रिकेटप्रेमीको ध्यान खिचेका हुन् । दायाँहाते मध्यम गतिका बलर यादवले दुई खेलमा कुल ६ विकेट लिएपछि उनी एनपीएलका नयाँ सनसनीका रूपमा देखिएका छन् । यादवले पहिलो खेलमै आफ्नो बलिङ क्षमता प्रमाणित गरेका थिए ...


