Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन
Photo / Coverage: विश्वखबर

काठमाडौं- भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा प्रतिबन्धित अवामी लिगका केही नेताहरूले यसबारे पुष्टि गरेका छन् । अवामी लिगका नेताहरूले बीबीसी बंगलालाई बताएअनुसार शेख हसिनाले लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्समार्फत यो आवेदन दिएकी हुन् । लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्सका वकिलहरूले आवेदनमा अन्तरिम सरकार र अन्य अधिकारीहरूले शेख हसिनाको पुरानो बंगलादेशी राहदानी तथा राष्ट्रिय परिचयपत्र रद्द गरेको समाचार आफूहरूले पाएको उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘हाम्रा पक्षको पुरानो बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र रद्द गरिएको भन्ने समाचारलाई ध्यानमा राख्दै उहाँलाई नयाँ बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न आवश्यक प्रक्रिया अघि बढाइदिन अनुरोध गर्दछौं ।’ शेख हसिनाको बंगलादेशी नागरिकता तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सम्झौता र सन्धिअन्तर्गतका दायित्वहरूको उल्लेख गर्दै उनका वकिलहरूले यी आवेदनमाथि छिटो निर्णय गर्न पनि अनुरोध गरेका छन् । बीबीसी बंगलाका अनुसार दिल्लीस्थित बंगलादेश उच्च आयोगका प्रेसमन्त्री सइदुर रहमानले म्याट्रिक्स चेम्बर्स नामक संस्थाबाट इमेल प्राप्त भएको बताएका छन् । उक्त इमेलमा बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई राहदानी र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवेदन गरिएको बीबीसी बंगलाले उल्लेख गरेको छ । उनले उक्त आवेदन वास्तविक हो वा होइन भन्नेमा आफूहरु स्पष्ट नभएको बताए । तैपपि उक्त इमेल बंगलादेशस्थित परराष्ट्र मन्त्रालयमा पठाइसकेको उनको भनाइ छ । सन् २०२४ अगस्ट ५ मा बंगलादेश छाडेर भारत आएदेखि हसिना भारतमै बस्दै आएकी छन् । केही महिनाअघि उनले बंगलादेश फर्किने घोषणा गरेकी थिइन् । हसिना र उनको पार्टीका नेता तथा कार्यकर्ताहरूले उनी आगामी डिसेम्बरमा स्वदेश फर्किने बताउँदै आएका छन् । प्रतिबन्धित अवामी लिगका संगठन सचिव एसएम कमालले शेख हसिना डिसेम्बरमा बंगलादेश फर्किन चाहेको बीबीसी बंगलाललाई प्रतिक्रिया दिएका छन् । उनले पनि हसिनाले राहदानीका लागि आवेदन दिएको कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको बताएका छन् । सोमबार बिहान समाचार संस्था रोयटर्सले पनि शेख हसिनाले राहदानीका लागि आवेदन दिएको समाचार सार्वजनिक गरेको थियो । रोयटर्सका अनुसार दुई वर्षभन्दा बढी समयअघि जनविद्रोहका कारण लामो समयदेखि चलिरहेको उनको शासन अन्त्य भएपछि बंगलादेश फर्किने योजनालाई कार्यान्वयन गर्ने दिशामा हसिनाले चालेको यो अहिलेसम्मकै सबैभन्दा स्पष्ट कदम हो । सन् २०२४ अगस्ट ५ मा सत्ता छाडेर दिल्ली आएपछि सोही वर्षको अगस्ट महिनाको अन्त्यतिर बंगलादेशको तत्कालीन अन्तरिम सरकारले हसिनाको कूटनीतिक तथा साधारण राहदानी रद्द गर्ने निर्णय गरेको थियो । त्यसपछि अवामी लिगका अन्य केही वरिष्ठ नेताहरूको राहदानी पनि रद्द गरिएको थियो । यस वर्ष हसिनाले बंगलादेश फर्किने घोषणा गरेपछि उनको राहदानीको विषय चर्चामा आएको हो । यसको कारण उनीसँग अहिले कुनै पनि वैध राहदानी नरहनु हो । यसै क्रममा शेख हसिनाका वकिलहरूले दिल्लीस्थित बंगलादेश उच्च आयोगकी कार्यवाहक उच्चायुक्त प्रीति रहमानलाई पत्र लेख्दै नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न अनुरोध गरेका छन् । सन् २०२४ को जुलाईमा विद्यार्थी तथा सर्वसाधारणले गरेको आन्दोलनका क्रममा भएका हत्या र मानवताविरुद्धका अपराधको आरोपमा शेख हसिनाविरुद्ध गत वर्ष नोभेम्बर १९ सम्म ६६३ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये ४५३ वटा हत्यासम्बन्धी मुद्दा रहेका छन् । यसअघि अन्तरिम सरकारको कार्यकालमा मानवताविरुद्धको अपराधसम्बन्धी एउटा मुद्दामा उनलाई मृत्युदण्डको सजायसमेत सुनाइएको थियो । के भनिरहेको छ बंगलादेश सरकार ? यसैबीच विदेशमा बसिरहेका अवामी लिगका केही नेता तथा कार्यकर्ताहरूले शेख हसिनालाई डिसेम्बरमा बंगलादेश फर्काउने प्रयास तीव्र पारिएको बताइरहेका छन् । पछिल्ला केही महिनादेखि बंगलादेशका विभिन्न क्षेत्रमा प्रतिबन्धित अवामी लिगका नेता तथा कार्यकर्ताहरूले शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै अचानक ससाना र्‍याली निकाल्न थालेका छन् । तर उनका राजनीतिक विरोधीहरूले भने बंगलादेशको बिग्रँदो राजनीतिक अवस्था र मृत्युदण्डको सजाय सुनाइएको परिस्थितिमा उनी वास्तवमै स्वदेश फर्किन्छिन् कि फर्किन्नन् भन्नेमा शंका व्यक्त गरिरहेका छन् । मुख्य प्रश्न के हो भने हसिनाले आगामी डिसेम्बरमा साँच्चै बंगलादेश फर्किने प्रयास गर्लिन् ? त्यतिबेला बंगलादेश सरकारले उनलाई स्वदेश फर्किन दिनेछ ? बंगलादेशको अन्तरिम सरकारपछि अहिलेको बीएनपी सरकारले पनि शेख हसिनालाई फिर्ता पठाउन भारतलाई पटक-पटक औपचारिक पत्र लेखिसकेको छ । अर्थात् बंगलादेश सरकार उनलाई भारतबाट फिर्ता ल्याउन चाहन्छ । उनको स्वदेश फिर्तीको चर्चा चलिरहेका बेला पछिल्ला केही दिनदेखि उनको राहदानीको विषय पनि निकै चर्चामा रहेको छ । गत बिहीबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा बीएनपी सरकारका परराष्ट्र राज्यमन्त्री हुमायुँ कबिरले पत्रकारहरूलाई भनेका थिए, ‘के शेख हसिना आफ्नो ससुराली घुम्न आउन लागेकी हुन् र उनलाई राहदानी दिनुपर्ने ?’ उनले भारत र बंगलादेशबीच आतंकवादी तथा अपराधीलाई पक्राउ गरी फिर्ता ल्याउन प्रत्यर्पण सन्धि रहेको पनि बताए । उनका अनुसार आतंकवादी वा अपराधीलाई फिर्ता ल्याउन राहदानी आवश्यक पर्दैन । यो त सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने विषय हो । उनले थपे, ‘दुई देशबीच विद्यमान प्रत्यर्पण सन्धिअन्तर्गत भारतबाट शेख हसिनालाई फिर्ता ल्याउने प्रयास गरिनेछ ।’ कबिरका अनुसार सन्धिमा व्यवस्था गरिएका न्यायिक तथा कूटनीतिक प्रक्रियामार्फत बंगलादेश सरकारले भारतसँग हसिनालाई औपचारिक रूपमा हस्तान्तरण गर्न माग गरिरहेको छ । साँच्चै हसिना स्वदेश फर्किन चाहन्छिन् त ? हसिनाले पटक-पटक आफू डिसेम्बर महिनामै बंगलादेश फर्किने घोषणा गरेकी छन् । यद्यपि उनले मृत्युदण्डको सजाय, बिग्रँदो राजनीतिक अवस्था र सुरक्षासम्बन्धी जोखिमबारे पनि उल्लेख गर्दै आएकी छन् । विश्लेषकहरूका अनुसार उनको यो घोषणापछि बंगलादेश छाडेर भागेका अवामी लिगका नेता तथा कार्यकर्ताहरू केही हदसम्म उत्साहित भएका छन् । ढाकालगायत विभिन्न ठाउँमा पार्टीका तर्फबाट अचानक ससाना र्‍यालीहरू निकालिएको खबर पनि सार्वजनिक भएका छन् । यससँगै पक्राउ पर्नेहरूको संख्या पनि बढिरहेको छ । यस विषयमा बीएनपीसहित विभिन्न राजनीतिक दलका नेताहरूले अभिव्यक्ति दिइरहेका छन् । उनीहरूको भनाइमा हसिनासहित अवामी लिगका वरिष्ठ नेताहरू भारत तथा अन्य देशमा लुकेर बसेका छन् । तर हसिनाले स्वदेश फर्किने घोषणा गरेर बंगलादेशमै रहेका पार्टीका कार्यकर्ताहरूलाई जोखिममा पारेकी छन् । यद्यपि भारतमा रहेका अवामी लिगका एक नेताका अनुसार हसिनाको उमेर अहिले करिब ८० वर्ष पुगेको छ । यस्तो उमेरमा उनी लामो समयसम्म सक्रिय राजनीतिमा रहन सक्ने अवस्था छैन । त्यसैले उनी देशको राजनीतिमा पुनः फर्किन जुनसुकै जोखिम उठाउन तयार छिन् । बीबीसी बंगलाका अनुसार विदेशमा रहेका अवामी लिगका प्रमुख प्रवक्तामध्ये एक मोहम्मद अली आराफातले भनेका छन्, ‘जोखिम हुँदाहुँदै पनि शेख हसिना डिसेम्बरमै बंगलादेश फर्किनुहुनेछ । हाम्रो नेताले आफ्नो निर्णयमा कुनै परिवर्तन गर्नुभएको छैन ।’ उनले यही उद्देश्यले देशभर पार्टी संगठनलाई नयाँ ढङ्गले बलियो बनाइएको दाबीसमेत गरेका छन् । आराफातका विचारमा प्रत्यर्पण सन्धिअन्तर्गत हसिनालाई फिर्ता ल्याउनु बीएनपी सरकारका लागि निकै कठिन हुनेछ । उनले जोड दिएरै भने, ‘शेख हसिना आफ्नो घोषणाअनुसार नै बंगलादेश फर्किनुहुनेछ ।’ -एजेन्सीहरुको सहयोगमा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : चाडपर्वमा बाहिरियो पैसा, पोखराको पहिलो जित
Latest NewsJust now

१२ बजे १२ समाचार : चाडपर्वमा बाहिरियो पैसा, पोखराको पहिलो जित

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. भारतीय फूलमा कडाइ नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ... ...

रातोपाटी
लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदम
Latest NewsJust now

लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदम

यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाईको सरकार ठिक ढंगले चलिरहेको हुन्थ्यो भने यतिबेला सो पार्टीका नेताहरू प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमण साँच्चिकै ऐतिहासिक र उपलब्धीमूलक बनाउन लागि परेका हुने थिए। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबिच यतिबेला यो भ्रमणलाई कसरी राष्ट्रहितको पक्षमा उपयोग गर्ने र देश अनि पार्टीले फाइदा लिने भन्... ...

नेपालखबर
पर्सामा साढे तीन लाख मूल्य बराबरका ११ थरिका पटका बरामद
Latest NewsJust now

पर्सामा साढे तीन लाख मूल्य बराबरका ११ थरिका पटका बरामद

वीरगन्ज । पर्सा प्रहरीले जिल्लामा सञ्चालन गरेको पटका नियन्त्रण अभियानअन्तर्गत तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ बराबरको आतिशबाजीजन्य विस्फोटक पदार्थ (पटका) बरामद गरेको छ । यही २१ गतेदेखि सुरु... ...

रातोपाटी
आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ: मन्त्री श्रेष्ठ
Latest NewsJust now

आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौँ, कात्तिक २३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, एकता र समृद्धिक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play