Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

स्वदेश फर्किए प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Photo / Coverage: नेपालन्युज

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषयमा आठ वटा समझदारी भएका थिए । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहको भारत भ्रमणमा तत्कालीन सहमति सन्तोषजनक : पूर्वप्रधानमन्त्री भट्टराई
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणमा तत्कालीन सहमति सन्तोषजनक : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका विषयमा ठोस प्रगति नभए पनि तत्कालीन विषयहरूमा भएको सहमति सन्तोषजनक रहेको बताएका छन् । सामाजिक... ...

रातोपाटी
गृह श्रमिकको योगदानको मूल्यांकन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह
Latest NewsJust now

गृह श्रमिकको योगदानको मूल्यांकन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

काठमाण्डु – गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक–सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । गृह श्रमिक सरोकार समाज नेपालले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले गृह श्रमिकको योगदान अर्थतन्त्रको विकासमा विशिष्ट रहे पनि राज्यका नीति, कानुन र तथ्यांकमा उनीहरूले उचित स्थान पाउन नसकेको बताए । […] ...

काठमाण्डुपाटी
नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल
Latest NewsJust now

नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल

RSS प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारत भ्रमणका क्रममा भएका सहमतिसँगै नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुलेको' परराष्ट्रमन्त्री.शिशिर खनालले बताएका छन्।नेपाल-भारतबीच भएको सन् १९५० को मैत्रीपूर्ण सन्धिलाई पुनरवलोकन गरिनुपर्ने आवाज ...

बीबीसी नेपाली
एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा के सुध्रियो, के कमजोरी रह्यो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
Latest NewsJust now

एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा के सुध्रियो, के कमजोरी रह्यो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

विदेशी खेलाडीको आकर्षण, टिकटको उच्च माग र बढ्दो ब्रान्ड भ्यालुले प्रतियोगिताको व्यावसायिक सफलता देखाए पनि पिच, अम्पायरिङ, पूर्वाधार र व्यवस्थापनमा प्रश्न उठेका छन् । एनपीएलको तेस्रो सिजनका उपलब्धि, कमजोरी र सुधारका योजनाबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं : ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement