काठमाडौं। काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार नेपाली रुपैयाँ, चार हजार २१५.०९ ओमानी रियाल र ५५ दिरामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगित इब्राहिम र ठमेल बस्ने चितवनकी २० वर्षीया स्नेहा रिमाल छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले स्नोलाइन होटलको १०४ नम्बर कोठामा तलासी गर्दा उक्त रकम फेला पारेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटबाट स्रोत नखुलेको पाँच लाख ५० हजार भारतीय रुपैयाँसहित भारतको कुशीनगरका ४५ वर्षीय सन्तोष सिंह पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






