Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच थिचेर संयुक्त रूपमा ट्राफिक बत्ती सञ्चालनमा आएको घोषणा गरे । नारायणगढको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ । सो अवसरमा सडक डिभिजन कार्यालय चितवनका प्रमुख इञ्जिनियर अमितकुमार शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक बत्ती र सडक सुरक्षाका बारेमा जानकारी दिएका थिए । सबैभन्दा धेरै ट्राफिक लाइट राखिएको भरतपुर–१० का अध्यक्ष परमेश्वर खनालले भरतपुर महानगरपालिकाको आग्रहमा सडक विभागमार्फत बत्ती जडान गरिएको जानकारी दिँदै यसको उपयोग गरी ट्राफिक व्यवस्थापनमा जुट्नुपर्ने बताए । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले बत्ती जडान गरेको हो । भरतपुर महानगरपालिकाका ६ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । निर्माण व्यवसायी कम्पनीले ढिला गरी लाईट जडान गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुकुमवासी व्यवस्थापनमा सरकारी निकायबीच जिम्मेवारीको दोहोरी
Latest NewsJust now

सुकुमवासी व्यवस्थापनमा सरकारी निकायबीच जिम्मेवारीको दोहोरी

बागमती सभ्यता समितिले बाँकी काम महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयको भएको जनाएको छ। ती मन्त्रालयले भने समन्वयकारी भूमिका मात्र रहेको बताएका छन्। ...

कान्तिपुर
१०औँ राष्ट्रिय खेलकुद :  पदक तालिकामा आर्मी शीर्ष स्थानमा
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद :  पदक तालिकामा आर्मी शीर्ष स्थानमा

काठमाडौँ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको तेस्रो दिन बिहीबारसम्म ६ टोलीले पदक जितेका छन् । बिहीबार बेलुकासम्मको संयुक्त पुरुष तथा महिला पदक विवरणअनुसार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब... ...

रातोपाटी
चाम्लिङको मिटरब्याज धन्दा : ३ करोड दिएर झण्डै साढे ८ करोड असुले
Latest NewsJust now

चाम्लिङको मिटरब्याज धन्दा : ३ करोड दिएर झण्डै साढे ८ करोड असुले

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९, अनामनगरका हरि चाम्लिङ अहिले प्रहरी हिरासतमा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले ६५ वर्षीय चाम्लिङमाथि मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । कार्तिक २९ गते... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा मधेसलाई हराउँदै एपीएफ विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा मधेसलाई हराउँदै एपीएफ विजयी

एपीएफले मधेस प्रदेशलाई ३–१ गोलले पराजित गरेको हो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको मधेस दोस्रो खेलमा भने एपीएफसँग रोकिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement