Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौँतर्फ आउँदै गरेको बिएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो। यसैबीच, वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलेखेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको छ। त्यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुलीसहित उनीहरूलाई पक्राउ गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शीतलनिवासमा रास्वपा सभापति लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Latest NewsJust now

शीतलनिवासमा रास्वपा सभापति लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। ...

नेपालन्युज
असन्तुष्टि रोक्न प्रहरीभित्र सामाजिक सञ्जाल प्रयोग नियन्त्रणको नीति
Latest NewsJust now

असन्तुष्टि रोक्न प्रहरीभित्र सामाजिक सञ्जाल प्रयोग नियन्त्रणको नीति

• नेपाल प्रहरीका महानिरीक्षक मनोजकुमार केसीले कर्मचारीका गुनासा सुन्नका लागि छुट्टै टोली गठन गरेका छन् र सामाजिक सञ्जालमा गतिविधिहरूलाई नियन्त्रण गर्न प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने निर्णय गरेका छन्। • प्रहरी संगठनभित्र असन्तोष र गुनासो बढिरहेको अवस्थामा, कर्मचारीका समस्याहरूलाई समाधान गर्नका लागि टोलीलाई जिम्मेवारी दिइएको छ, तर सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्न खोजिएको छ। • प्रहरी कर्मचारीको गतिविधिहरूलाई निगरानीमा राख्न र अनुशासन ...

नेपालबहस
भक्तपुरमा रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी (तस्बिरहरू)
Latest NewsJust now

भक्तपुरमा रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी (तस्बिरहरू)

भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन् । उनीहरूले सरकार... ...

रातोपाटी
सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणद्वारा बोलपत्र आह्वान
Latest NewsJust now

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणद्वारा बोलपत्र आह्वान

नेपाल विद्युत् प्राधिकरणले सन् २०२७ को मार्च, अप्रिल र मे महिनाका लागि चौबिसै घण्टा (राउन्ड दि क्लक -आरटीसी मोड) आयात गर्न मिल्ने गरी प्रतियुनिट दर ७.३४ भारुभन्दा बढी हुन नहुने सर्त राखेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement