Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

स्यान्डपेपर विवादमा क्रिकेट अस्ट्रेलियाले स्वतन्त्र मञ्च बनाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्यान्डपेपर विवादमा क्रिकेट अस्ट्रेलियाले स्वतन्त्र मञ्च बनाउने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । क्रिकेट अस्ट्रेलियाले सन् २०१८ को चर्चित स्यान्डपेपर विवादमा संलग्न खेलाडी तथा कर्मचारीलाई आफ्ना अनुभव र धारणा राख्न दिने उद्देश्यले स्वतन्त्र मञ्च गठन गर्ने निर्णय गरेको छ । क्रिकेट अस्ट्रेलियाका अन्तरिम अध्यक्ष डेभिड बुन र प्रमुख कार्यकारी टोड ग्रीनबर्गले उक्त घोषणा गरेका हुन् । क्रिकेट अस्ट्रेलियाले उक्त मञ्चले पुरानो घटनाको पुनः अनुसन्धान नगर्ने स्पष्ट पारेको छ । विवादमा संलग्न व्यक्तिहरूलाई आफ्नो कुरा राख्ने अवसर दिएर अस्ट्रेलियाली क्रिकेटलाई विवादबाट अगाडि बढाउन मञ्च गठन गर्न लागिएको बताइएको छ । दक्षिण अफ्रिकासँगको सन् २०१८ को टेस्ट शृंखलाका क्रममा केपटाउनमा क्यामरुन ब्यानक्रफ्टले स्यान्डपेपर प्रयोग गरी बलको सतह बिगार्न खोजेको घटना सार्वजनिक भएको थियो । त्यसपछि तत्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई १२–१२ महिना तथा ब्यानक्रफ्टलाई नौ महिनाको प्रतिबन्ध लगाइएको थियो । पूर्वक्रिकेटर उस्मान ख्वाजाले आफ्नो आत्मकथा ‘सब्र’मा उक्त घटनाबारे टोलीका सबै खेलाडी र सहयोगी कर्मचारीलाई जानकारी रहेको दाबी गरेपछि विवाद पुनः चर्चामा आएको हो । उनले दोस्रो टेस्टमा समेत स्यान्डपेपर प्रयोग गरिएको र अनुसन्धानका क्रममा आफ्नो बयान नलिइएको बताएका छन् । वार्नरले ख्वाजाको दाबी सही भएको भन्दै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका छन् । तर मिचेल स्टार्कले मैदानमा स्यान्डपेपर लगिएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् भने कप्तान प्याट कमिन्सले ख्वाजाको दाबी अस्वीकार गरेका छन् । सन् २०२१ मा पनि स्टार्क, कमिन्स, जोस हेजलवुड र नाथन लायनले बल छेडछाडबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए । The post स्यान्डपेपर विवादमा क्रिकेट अस्ट्रेलियाले स्वतन्त्र मञ्च बनाउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाँजासहित कार बरामद, चालक फरार
Latest NewsJust now

गाँजासहित कार बरामद, चालक फरार

मकवानपुर । मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्। बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले ...

केन्द्रबिन्दु
पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ
Latest NewsJust now

पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ

पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ६६ वर्षीया एक ग्रिक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक काल्लिपी स्टेफानो छिन्। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर... ...

रातोपाटी
दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै
Latest NewsJust now

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् । ...

कान्तिपुर
मधेशमा सामाचकेवाको रौनक
Latest NewsJust now

मधेशमा सामाचकेवाको रौनक

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । तराईमधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्व खर्नाको दिनदेखि सुरु भएको सामाचकेवा पर्वमा महिलाहरू प्रत्येक दिन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play