Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू

स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू

डोयच टेलिकम, अरेन्ज, टेलिफोनिकार भोडाफोन ले मोबाइल स्याटेलाइट सेवाका लागि छुट्याइने स्पेक्ट्रम प्राप्त गर्न संयुक्त रूपमा बोलपत्र पेस गर्ने सम्भावनाबारे अध्ययन गर्न आशयपत्रमा हस्ताक्षर गरेका छन्। यस पहलको उद्देश्य दूरसञ्चार सेवा प्रदायकहरूलाई ग्राहकका लागि डाइरेक्ट-टु-डिभाइस (डीटूडी) सेवा उपलब्ध गराउन “खुला र भेदभावरहित पहुँच” प्रदान गर्नु हो। यसले प्रतिस्पर्धा बढाउने, बजारको खण्डीकरण घटाउने र यूरोपभरका उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ। टेलिकम्स डटकमका अनुसार मोबाइल स्याटेलाइट सेवा (एमएसएस) का लागि गरिएको यो संयुक्त पहल यूरोपेली आयोगको महत्वपूर्ण कनेक्टिभिटी पूर्वाधारमा यूरोपको स्वायत्तता, सुरक्षा र संकट सामना गर्ने क्षमता बलियो बनाउने लक्ष्यसँग मेल खान्छ। यसले अन्तरिक्ष पूर्वाधारको जिम्मेवारयूरोपेली व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्य राखेको कम्पनीहरूले बताएका छन्। आफ्नो ग्राहक पहुँच, नेटवर्क क्षमता र सञ्चालनसम्बन्धी अनुभव एकीकृत गरेर बजारमा सेवा विस्तारलाई तीव्र बनाउन, स्पेक्ट्रमको प्रभावकारी उपयोग गर्न र स्याटेलाइट कनेक्टिभिटीलाई विद्यमान मोबाइल नेटवर्कमा जोड्न सकिने कम्पनीहरूको भनाइ छ। कम्पनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, “डोयच टेलिकम, अरेन्ज, टेलिफोनिकार भोडाफोन को संयुक्त पहलको स्पष्ट उद्देश्य छ। सेवाको पहुँच कम भएका क्षेत्रमा समेत सबै ग्राहकलाई सेवा उपलब्ध गराउने माग पूरा गर्नु, सार्वजनिक नेटवर्कको संकट सामना गर्ने क्षमता बलियो बनाउनु, महत्वपूर्ण सञ्चारको सुरक्षा गर्नु रयूरोपेली स्याटेलाइट समूहको विकासलाई सहयोग गर्नु यसको लक्ष्य हो।” यस परियोजनाअन्तर्गत चारवटै दूरसञ्चार कम्पनीले यूरोपमा ग्राउन्ड नेटवर्क पूर्वाधार निर्माण गर्नुका साथै महत्वपूर्ण समन्वय र अनुगमनसम्बन्धी काम गर्नेछन्। तर, उनीहरूले स्याटेलाइट समूह निर्माणमा प्रत्यक्ष लगानी गर्ने छैनन्। त्यसका लागि छनोट हुन बाँकी रहेको एक स्याटेलाइट साझेदारले जिम्मेवारी लिनेछ। चार दूरसञ्चार कम्पनी र भविष्यमा छनोट हुने स्याटेलाइट सेवा प्रदायकबीचको साझेदारीले “युरोपेली व्यवस्थापन र बजार पहुँचलाई प्रमाणित स्याटेलाइट प्रविधि तथा सेवा विस्तारसम्बन्धी अनुभवसँग जोड्ने” बताइएको छ। एमएसएस स्पेक्ट्रमका लागि सम्भावित संयुक्त बोलपत्रले विद्यमान स्याटेलाइट साझेदारीलाई प्रतिस्थापन नगर्ने पनि कम्पनीहरूले स्पष्ट पारेका छन्। गत सातायूरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को आर्थिक सहयोगमा बनेको नयाँ समूहले समुद्रमुनि बिछ्याइएका फाइबर नेटवर्कमा समस्या पत्ता लागेपछि स्वतः स्याटेलाइट कनेक्टिभिटीमा सर्ने प्रणाली केबलशिल्ड घोषणा गरेको थियो। यस परियोजनाका लागि १५ लाख यूरो सहयोग उपलब्ध गराइएको छ। यो ईएसएको एडभान्स्ड रिसर्च इन टेलिकम्युनिकेशन्स सिस्टम्स (एआरटीईएस) कार्यक्रमअन्तर्गतको स्पेस सिस्टम्स फर सेफ्टीएन्ड सेक्युरिटी (४एस) कार्यक्रममा समावेश छ। बेल्जियमको बहु-कक्षीय स्याटेलाइट सञ्चार सञ्चालन विशेषज्ञ नेक्स्याटको नेतृत्वमा रहेको समूहले यो प्रणाली विकास गर्नेछ। यसमा कोल्ट टेक्नोलोजी सर्भिसेज बेल्जियम र क्यानडाको तल्लो पृथ्वी कक्षा (एलईओ) स्याटेलाइट कम्पनी टेलिस्याट पनि सहभागी छन्। यो परियोजना स्याटेलाइट कनेक्टिभिटीले समुद्रमुनिका फाइबर केबलका लागि उच्च क्षमताको सञ्चार उपलब्ध गराउन सक्ने र मोबाइल नेटवर्कको वैकल्पिक माध्यमका रूपमा पनि काम गर्न सक्ने अवधारणामा आधारित छ। The post स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा
प्रविधिJust now

यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा

७ कात्तिक, काठमाडौं। यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक हो। उक्त टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश […] The post ...

आइसिटी फ्रेम
एरिक्सनले पोल्यान्डमा प्रदर्शन गर्‍यो मोबाइल नेटवर्कबाट ड्रोन पत्ता लगाउने प्रविधि
प्रविधिJust now

एरिक्सनले पोल्यान्डमा प्रदर्शन गर्‍यो मोबाइल नेटवर्कबाट ड्रोन पत्ता लगाउने प्रविधि

एरिक्सनले प्ले र असेकोसँग मिलेर मोबाइल नेटवर्कको प्रयोगबाट अनुमति नलिएका ड्रोन पत्ता लगाउन सकिने प्रविधि पोल्यान्डका सरकारी अधिकारीहरूसमक्ष प्रदर्शन गरेको छ। क्राकोस्थित इरिक्सनको अनुसन्धान तथा विकास केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीहरूले विमानस्थल, बन्दरगाह र सीमाजस्ता संवेदनशील स्थानको सुरक्षा गर्न ड्रोन पत्ता लगाउने बहुस्तरीय प्रणाली प्रदर्शन गरेका थिए। यसका लागि इरिक्सनको एकीकृत सेन्सिङ तथा सञ्चार (आईएसएसी) प्रविधि प्रयोग गरिएको थियो। तथ्याङ्क आदानप्रदान गर्न प्लेको ...

टेक्नोलोजी खबर
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
प्रविधिJust now

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

७ कात्तिक, काठमाडौं। वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन् । उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन् । रदरफोर्डले वेस्ट इन्डिजका लागि […] The post वेस्ट ...

आइसिटी फ्रेम
२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ? २४९ रुपैयाँ तिरेर डिगोमा हेर्न पाइने फिल्महरु
प्रविधिJust now

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ? २४९ रुपैयाँ तिरेर डिगोमा हेर्न पाइने फिल्महरु

७ कात्तिक, काठमाडौं। नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ । प्रवासमा रहेका दर्शकलाई सरल र […] The post २४९ ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play