Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ। शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः२० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो। करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएपछि यान सुरक्षित रूपमा अवतरण भएको हो। यस परीक्षणको मुख्य उद्देश्य एउटै उडानमा सुपर हेभी बुस्टर र स्टारसिप दुवैलाई प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीबाट समात्ने प्रयास गर्नु थियो। तर, उडानका क्रममा दुवै भाग छुट्टिएपछि सुपर हेभी बुस्टर निर्धारित प्रक्षेपणस्थलमा फर्किन सकेन। उक्त बुस्टर मेक्सिकोको खाडीमा समुद्रमा अवतरण भएको थियो। यसैबीच, स्टारसिपले आफ्नो इन्जिन सञ्चालन गरी पृथ्वीको कक्षमा प्रवेश गरेको थियो। त्यस क्रममा उसले २६ वटा नयाँ पुस्ताका ‘स्टारलिङ्क भी३’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। भूउपग्रह प्रक्षेपणपछि २० घण्टाभन्दा बढी अन्तरिक्षमा रहेको स्टारसिपलाई पृथ्वीमा फर्काउने तयारी गरिएको थियो। स्पेसएक्सको उडान नियन्त्रण टोलीले ¥याप्टर इन्जिन पुनः सञ्चालन गरी यानलाई पृथ्वीको कक्षबाट बाहिर निकालेको थियो। त्यसपछि यान मेक्सिकोको खाडी हुँदै टेक्सासस्थित प्रक्षेपणस्थलतर्फ अघि बढेको थियो। वायुमण्डलमा प्रवेश गरेपछि तीनवटा र्याप्टर इन्जिन सञ्चालन गर्दै यानले अवतरणका लागि गति र दिशा समायोजन गरेको थियो। अन्ततः प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीले स्टारसिपलाई सफलतापूर्वक नियन्त्रणमा लिएको थियो। यसअघि सेप्टेम्बर २८ मा भएको परीक्षण उडानमा स्टारसिप पहिलोपटक पृथ्वीको कक्षमा पुगेको थियो र २६ वटा स्टारलिङ्क भी३ भूउपग्रह प्रक्षेपण गरेको थियो। स्टारसिप र सुपर हेभी रकेट मिलेर बनेको यो प्रणाली पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी विकास गरिएको हो। स्पेसएक्सले यसमार्फत पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रह तथा अन्य अन्तरिक्ष गन्तव्यमा यात्रु र सामग्री पु¥याउने लक्ष्य राखेको छ।-रासस The post स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युरोपेली संघले ‘सेलुलर ड्रोन डिटेक्सन’ रणनीतिलाई अगाडि बढायो
TechnologyJust now

युरोपेली संघले ‘सेलुलर ड्रोन डिटेक्सन’ रणनीतिलाई अगाडि बढायो

युरोपेली आयोगले मोबाइल फोन नेटवर्कको प्रयोग गरी ड्रोन पत्ता लगाउने प्रणालीहरूको परीक्षण र कार्यान्वयनसम्बन्धी प्रस्तावहरू संकलन गर्न सुझाव मागेको छ। यसमा युक्रेनसमेत संलग्न हुन सक्ने परियोजनाहरू समावेश छन्। युरोपेली आयोगले सेलुलर पूर्वाधारद्वारा संचालित दोहोरो-प्रयोगका ड्रोन पत्ता लगाउने परीक्षण विधिहरूमा युरोपेली संघका सदस्यहरू र निजी कम्पनीहरूबाट सुझावहरु खोजिरहेको हो। प्रक्रियाले तीन विधिहरू हेर्नेछ, अर्थात् टेलिकम नेटवर्कहरू मार्फत जडान गरिएका ड्रोनहरू पत्ता लगाउन एआई ...

टेक्नोलोजी खबर
इ-पेन्सन सेवा अब सम्बन्धित सरकारी कार्यालयबाटै सञ्चालन हुने
TechnologyJust now

इ-पेन्सन सेवा अब सम्बन्धित सरकारी कार्यालयबाटै सञ्चालन हुने

काठमाडौं । सरकारी कर्मचारीको निवृत्तिभरण तथा अन्य सुविधासम्बन्धी कामलाई सहज र व्यवस्थित बनाउन सरकारले इ-पेन्सन सेवा सम्बन्धित सरकारी कार्यालयबाटै सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसअघि काठमाडौं उपत्यकाबाहिरका कार्यालयको इ-पेन्सनसम्बन्धी काम जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत हुँदै आएको थियो ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय किताबखानाको आग्रहअनुसार कात्तिक २७ गते सबै मन्त्रालय, मातहतका निकाय, प्रदेश ...

आइसिटी समाचार
स्मार्टफोनमा एप कसरी लुकाउने ? यस्तो छ सजिलो तरिका
TechnologyJust now

स्मार्टफोनमा एप कसरी लुकाउने ? यस्तो छ सजिलो तरिका

काठमाडौं । स्मार्टफोनमा बैंकिङ, सामाजिक सञ्जाल, फोटो तथा अन्य व्यक्तिगत विवरणसँग सम्बन्धित धेरै एप हुन्छन् । यस्ता एपमा पासवर्ड वा लक राखिएको भए पनि कसैले फोन अनलक गर्न सफल भयो भने ती एपभित्रका निजी जानकारीसम्म पुग्न सक्छ । त्यसैले संवेदनशील विवरण भएका एपलाई सुरक्षित राख्न तिनलाई फोनको स्क्रिनबाटै लुकाउन सकिन्छ ।धेरै स्मार्टफोनमा एप अनइन्स्टल वा डिसेबल नगरी लुकाउने सुविधा उपलब्ध ...

आइसिटी समाचार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
TechnologyJust now

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन्। रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन्। रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play