Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

स्पेसएक्सको स्टारसिप पहिलोपटक प्रक्षेपणस्थलमै अवतरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्सको स्टारसिप पहिलोपटक प्रक्षेपणस्थलमै अवतरण
Photo / Coverage: नेपालन्युज

लस एन्जलस।अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलो पटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ। शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः२० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो। करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएपछि यान सुरक्षित रूपमा अवतरण भएको हो। यस परीक्षणको मुख्य उद्देश्य एउटै उडानमा सुपर हेभी बुस्टर र स्टारसिप दुवैलाई प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीबाट समात्ने प्रयास गर्नु थियो। तर, उडानका क्रममा दुवै भाग छुट्टिएपछि सुपर हेभी बुस्टर निर्धारित प्रक्षेपणस्थलमा फर्किन सकेन। उक्त बुस्टर मेक्सिकोको खाडीमा समुद्रमा अवतरण भएको थियो। यसैबीच, स्टारसिपले आफ्नो इन्जिन सञ्चालन गरी पृथ्वीको कक्षमा प्रवेश गरेको थियो। त्यस क्रममा उसले २६ वटा नयाँ पुस्ताका ‘स्टारलिङ्क भी३’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। भूउपग्रह प्रक्षेपणपछि २० घण्टाभन्दा बढी अन्तरिक्षमा रहेको स्टारसिपलाई पृथ्वीमा फर्काउने तयारी गरिएको थियो। स्पेसएक्सको उडान नियन्त्रण टोलीले र्‍याप्टर इन्जिन पुनः सञ्चालन गरी यानलाई पृथ्वीको कक्षबाट बाहिर निकालेको थियो। त्यसपछि यान मेक्सिकोको खाडी हुँदै टेक्सासस्थित प्रक्षेपणस्थलतर्फ अघि बढेको थियो। वायुमण्डलमा प्रवेश गरेपछि तीन वटा ¥याप्टर इन्जिन सञ्चालन गर्दै यानले अवतरणका लागि गति र दिशा समायोजन गरेको थियो। अन्ततः प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीले स्टारसिपलाई सफलतापूर्वक नियन्त्रणमा लिएको थियो। यसअघि सेप्टेम्बर २८ मा भएको परीक्षण उडानमा स्टारसिप पहिलो पटक पृथ्वीको कक्षमा पुगेको थियो र २६ वटा स्टारलिङ्क भी३ भूउपग्रह प्रक्षेपण गरेको थियो। स्टारसिप र सुपर हेभी रकेट मिलेर बनेको यो प्रणाली पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी विकास गरिएको हो। स्पेसएक्सले यसमार्फत पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रह तथा अन्य अन्तरिक्ष गन्तव्यमा यात्रु र सामग्री पुर्‍याउने लक्ष्य राखेको छ। –रासस /सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
Latest NewsJust now

राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक तय भएको एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको भेलापछि एमालेले केन्द्रीय कमिटीको बैठक राखेको हो। एमालेको मंसिर २ र ३ गते राष्ट्रिय भेला हुँदै छ। काठमाडौँको कार्की ब्यांक्वेटमा हुने भेला... ...

नेपालखबर
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

काठमाडाैँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण... ...

रातोपाटी
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो
Latest NewsJust now

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play