Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्पेनमा दुई रेल ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुग्यो

स्पेनमा दुई रेल ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेनमा दुई रेल ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुग्यो

काठमाडौं । स्पेनमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ भने दर्जनौँ घाइते भएका छन् । बुधबार म्याड्रिडबाट सेभियातर्फ गइरहेको रेलले रेलमार्गमा रोकिराखिएको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करको तीव्रताका कारण रेलका केही डिब्बा रेलमार्गबाट तल खसेका थिए । यो दुर्घटना स्पेनको पछिल्लो १३ वर्षयताकै सबैभन्दा ठूलो रेल दुर्घटना भएको बताइएको छ । दुर्घटना म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीच भएको थियो । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार निजी रेल सेवा प्रदायक कम्पनी इरियोको रेलमा १४७ यात्रु थिए । विद्युतीय प्रणालीमा समस्या आएपछि रेल रोकिएको थियो । उनले प्रणालीमा समस्या आएपछि म्याड्रिडस्थित नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने भए पनि कुनै गति सीमा नतोकी रेल अघि बढाउन निर्देशन दिइएको बताएका छन् । सरकारी रेल कम्पनी रेन्फेको रेलमा भने ३९७ यात्रु सवार थिए । दुर्घटनामा बाँचेका यात्रुहरूले अत्यन्तै भयावह दृश्य देखेको बताएका छन् । ठक्करका कारण यात्रुहरू उछिट्टिएका, केही डिब्बामा च्यापिएका र बाहिर निस्कन झ्याल फुटाउनुपरेको उनीहरूले बताएका छन् । एउटा डिब्बामा आगलागीसमेत भएको थियो । घाइतेहरू रगताम्य अवस्थामा सहयोगका लागि चिच्याइरहेका थिए भने केही यात्रु भग्नावशेषमा पुरिएका थिए । दुर्घटनास्थलबाट गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। मृतकको पहिचान गर्न केही परिवारका सदस्यबाट वंशाणुगत नमुना लिनुपर्ने स्पेनको नागरिक सुरक्षा बलले जनाएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनास्थलको भ्रमण गर्दै देश शोकमा डुबेको बताएका छन् । उनले घटनाको गहिरो अनुसन्धान गरी लापरबाही भए नभएको पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता अल्बेर्तो नुनेज फेइखोले रेलमार्गको सुरक्षा प्रणालीमा कमजोरी भए कडा कदम चाल्नुपर्ने बताएका छन् । यातायातमन्त्रीले नियन्त्रण कक्षका कर्मचारीलाई दोष दिएर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै कर्मचारी सङ्गठनले उनको राजीनामा माग गरेको छ । यसअघि जनवरीमा स्पेनको कोर्डोबा नजिकै भएको तीव्र गतिको रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटना एउटै रेलमार्गमा भए पनि स्थान फरक रहेको बताइएको छ । एकै वर्ष दुई ठूला रेल दुर्घटना हुनु अस्वीकार्य भएको प्रधानमन्त्री सान्चेजले बताएका छन् । सन् २०१३ मा सान्टियागो दे कोम्पोस्तेलानजिक भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएयता बुधबारको दुर्घटनालाई स्पेनकै सबैभन्दा भयावह रेल दुर्घटनामध्ये एक मानिएको छ । The post स्पेनमा दुई रेल ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुग्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
ताजा खबरJust now

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद

रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

रातोपाटी
‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
ताजा खबरJust now

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै

काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

रातोपाटी
बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
ताजा खबरJust now

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play