Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समय अनुसार हुनुपर्छ : एमाले अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समय अनुसार हुनुपर्छ : एमाले अध्यक्ष ओली
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै निर्वाचनमा हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो । निष्पक्ष निर्वाचन भएमा लोकतन्त्रमा कुनै पनि दल वा उम्मेदवारको हारजीत सामान्य विषय भएको उनको भनाइ थियो । निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अभिमतलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताए । उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा स्पष्ट पारे । निर्वाचनको संवैधानिक कार्यकाल र समयतालिका परिवर्तन गरेर प्रदेशसभाको निर्वाचन अगाडि सार्न नहुने उनको भनाइ थियो । The post स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समय अनुसार हुनुपर्छ : एमाले अध्यक्ष ओली appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च
Latest NewsJust now

बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च

काठमाडौँ । बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतको प्रायोजित विद्यार्थी भिसा अस्वीकृति दर बढेर ६.४ प्रतिशत पुगेको बेलायतको... ...

रातोपाटी
ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
Latest NewsJust now

ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। बिहीबार अदालतले ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। ईनमसँगको सम्बन्ध खुलेपछि प्रहरीले महेश श्रेष्ठ र सुशील भट्टलाई पनि पक्राउ गरेको थियो। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका ...

नेपालन्युज
आयोजक रेडियन्ट र रातो बंगला फाइनलमा
Latest NewsJust now

आयोजक रेडियन्ट र रातो बंगला फाइनलमा

रातो बंगलाले ह्वाइटफिल्डलाई १४–३ तथा रेडियन्ट पब्लिकले केभीएस, स्युचाटारलाई २०–१३ ले पराजित गरे । रातो बंगलाका रिन्जिनले ४ तथा रेडियन्ट पब्लिकका जेनिश लामिछानेले ६ स्कोर गरे । ...

कान्तिपुर
पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानलासी

काठमाडौँ । पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खानतलासी गरेको छ । काठमाडौँको हेपाली हाइटस्थित उनको घरमा प्रहरीले खानतलासी गरेको हो । अर्यालको घरबाट अनुसन्धानका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement