Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री  आचार्य
Photo / Coverage: केन्द्रबिन्दु

तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका छन् । तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए । विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उनको भनाइ थियो । मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए । स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन् ।भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पत्रकारका आँखामा गण्डकीका अनेक रङ
Latest NewsJust now

पत्रकारका आँखामा गण्डकीका अनेक रङ

गण्डकीका धार्मिक तथा ऐतिहासिक सम्पदा, पर्यटकीय गन्तव्यदेखि ओझेलमा परेका भूगोलसम्मलाई ‘गण्डकीका शालग्राम’ले समेटेको छ । हिमाल र पहाडप्रति मिथिलावासी लेखकको अनुराग तथा तिनको सौन्दर्य नियाल्ने दृष्टि भने विशिष्ट लाग्छ । ...

कान्तिपुर
बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई
Latest NewsJust now

बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका थिए । शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा... ...

रातोपाटी
कार्टुनिष्ट क्षितिजलाई पितृशोक
Latest NewsJust now

कार्टुनिष्ट क्षितिजलाई पितृशोक

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १२ गते । कार्टूनिस्ट क्लबका अध्यक्ष एवं वरिष्ठ कार्टूनिस्ट बासु क्षितिजलाई पितृशोक परेको छ । उहाँका पिता विष्णुबहादुर श्रेष्ठको ८० वर्षको उमेरम... ...

गोरखापत्र
घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन
Latest NewsJust now

घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन

लमजुङ – गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ/घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर/डुक्रा/डुगुरा) नाच घलेगाउँमा प्रदर्शन गरिएको छ । लमजुङको क्होंलासोथर गाउँपालिका–३ घलेगाउँमा स्थानीयले परम्परागत विधि र संस्कारअनुसार प्ला सेबा नाच प्रस्तुत गरेका हुन् । गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्परासँग जोडिएको नाच […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement