Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास सम्भव नरहेको बताएका छन् ।

मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरि बतास आउन सम्भव नरहेको जिकिर गरे ।

उनले नयाँ राजनीतिक दलले गरेका कामहरु आम नागरिकले विस्तारै बुझ्दै गएको बताए । स्थानीय तहको निर्वाचनमा इतिहास र पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने उनको भनाइ छ । स्थानीय तहमा राम्रो परिणाम ल्याउनसके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने उनले जिकिर गरे ।

उनले भने, “स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौँ भने र हामी त हार्नेवाला नै हो भनेर हिँड्यो भने त एउटा कुरा हो । हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन । इतिहास र पृष्ठभूमि थाहा नभइ भोट हाल्दैनन् । नयाँको काम बुझ्नेले त बुझिसकेका छन् । गाउँघरमा बुझाउन बाँकी छ । विस्तारै बुझ्छन्, सबैले । स्थानीय तहमा राम्रो परिणाम निकाल्यौँ भने क्रान्तितिर देश फेरि जान्छ । यो कुरालाई तपाईं हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति जोश आउनेछ ।”

संयोजक दाहालले आम कार्यकर्ताले जति धेरै सक्रियता देखाउँछन् त्यति नै बढी सिट स्थानीय तहको निर्वाचनमा जित्ने दाबी गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
Latest NewsJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

• जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले चर्को आवाजमा डीजे र ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न अनुरोध गरेको छ, जसले स्वास्थ्य र शान्तिमा असर पार्न सक्छ। • पटाकाजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र कानूनी कारवाहीको चेतावनी दिइएको छ। • प्रहरीले बुटवल उपमहानगरपालिकामा सातजना बिचौलियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Latest NewsJust now

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए ...

केन्द्रबिन्दु
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल
Latest NewsJust now

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement