Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्छः गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्छः गगन थापा
Photo / Coverage: टक्सार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नीति, नियम, विधान र घोषणापत्रविपरीत काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई फिर्ता बोलाउने चेतावनी दिएका छन् । पार्टी मुख्यालय सानेपामा ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीबाट उम्मेदवार बनेर निर्वाचनमा जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए । उनका अनुसार पार्टीको विधानविपरीत काम गर्ने तथा आर्थिक अनियमिततामा संलग्न हुने जनप्रतिनिधिलाई पदबाट हटाउनेसम्मको व्यवस्था गरिनेछ । उम्मेदवारले टिकट लिने क्रममा नै पार्टीको निगरानी र निर्देशनअनुसार काम गर्ने प्रतिबद्धतासमेत लिखित रूपमा जनाउनुपर्नेछ । थापाले स्थानीय सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीले गभर्नेन्स इन्स्टिच्युट स्थापना गरेको जानकारी दिए । उक्त संस्थाले निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकालभरि कामको अनुगमन, मूल्यांकन तथा सहजीकरण गर्नेछ । निर्वाचनअघि पार्टीले तयार पारेको घोषणापत्र कार्यान्वयन गराउने र जनप्रतिनिधिलाई पार्टीसँग निरन्तर जोडेर राख्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ । यसअघि निर्वाचनका बेला घोषणापत्र तयार गर्ने तर निर्वाचनपछि जनप्रतिनिधि पार्टीसँग सम्पर्कविहीन हुने प्रवृत्ति रहेको उल्लेख गर्दै थापाले अब त्यस्तो अभ्यास अन्त्य गरिने बताए । निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालभरि गभर्नेन्स इन्स्टिच्युटको सहकार्य र निगरानीमा रहेर काम गर्नुपर्ने उनले स्पष्ट पारे । ७५३ पालिकामध्ये केहीमा प्रारम्भिक सर्वेक्षणसभापति थापाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीको निर्वाचन ब्युरोले देशभरका ७५३ स्थानीय तहमध्ये केही पालिकामा प्रारम्भिक सर्वेक्षण गरिसकेको जानकारी दिए । उपसभापति पुष्पा भुसालको नेतृत्वमा रहेको निर्वाचन ब्युरोले वैज्ञानिक विधि र तथ्यांकमा आधारित अध्ययन गरिरहेको उनले बताए । सर्वेक्षणमार्फत कुन पालिकामा कांग्रेसको अवस्था कस्तो छ, कुन समुदाय र उमेर समूहमा पार्टीको प्रभाव बढी छ तथा महिला उम्मेदवारको जित्ने सम्भावना कुन क्षेत्रमा बलियो छ भन्ने विषय पहिचान गरिरहेको उनको भनाइ छ । निर्वाचन ब्युरोमा राजनीतिक नेतृत्वसँगै निर्वाचन, तथ्यांक, अनुसन्धान तथा अन्तर्राष्ट्रिय निर्वाचनको अनुभव भएका विज्ञहरू सहभागी रहेको पनि थापाले बताए । उनका अनुसार उम्मेदवार छनोट गर्दा जित्ने सम्भावनालाई समेत आधार बनाइनेछ । विशेषगरी महिला उम्मेदवारलाई अवसर दिने विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ । उम्मेदवार छनोटमा तल्लो तहका सदस्यलाई बढी अधिकार थापाले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा पार्टीका क्रियाशील सदस्य र तल्लो तहका कमिटीलाई बढी अधिकार दिइने बताए । उनका अनुसार सम्बन्धित पालिकाका क्रियाशील सदस्यले डिजिटल प्रणालीमार्फत आफूले मेयर, वडाध्यक्षलगायत पदमा देख्न चाहेको उम्मेदवार छनोट गर्न पाउनेछन् । सदस्यहरूले गरेको छनोटको विवरण पार्टीको केन्द्रीय डिजिटल प्रणालीमा पुग्नेछ । तर, कसले कसलाई छनोट गर्‍यो भन्ने व्यक्तिगत विवरण भने गोप्य राखिने उनले स्पष्ट पारे । सदस्यहरूको छनोटपछि सम्बन्धित नगर कार्यसमितिले उम्मेदवारहरूको मूल्यांकन गर्नेछ भने अन्तिम निर्णयका लागि पार्टीले तोकेको निकायले प्रक्रिया अघि बढाउनेछ । यसअघि वडा तहको टिकट क्षेत्रीय समितिले, पालिकाको टिकट जिल्ला समितिले र मेयरको टिकट प्रदेश समितिले वितरण गर्ने अभ्यास रहेकोमा अब त्यसलाई परिवर्तन गरिने थापाको भनाइ छ । उनले उम्मेदवार छनोटमा पार्टीको तल्लो तहका सदस्य र कमिटीहरूको भूमिका महत्वपूर्ण हुने बताए । केन्द्रबाट स्थानीय निर्वाचन निर्देशिका बनाइने स्थानीय तहका उम्मेदवार छनोटको विस्तृत प्रक्रिया भने पार्टीको केन्द्रीय समितिले तय गर्नेछ । थापाका अनुसार आगामी केन्द्रीय समिति बैठकबाट स्थानीय निर्वाचनसम्बन्धी निर्देशिका तयार गरिनेछ । उक्त निर्देशिकाले कुन तहले कसरी उम्मेदवार छनोट गर्ने, कुन निकायले मूल्यांकन गर्ने र अन्तिम निर्णय कसरी गर्ने भन्ने विषय स्पष्ट पार्नेछ । कांग्रेसले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोटदेखि निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनसम्म पार्टीको संस्थागत निगरानी र तल्लो तहका सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने रणनीति अघि सारेको देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद
Latest NewsJust now

पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद

तेस्रो मुलुकबाट आयातित फर्सीको बियाँ पूर्वी सिमाना झापा हुँदै अवैध रूपमा भारत तस्करी हुने गरेको पाइएको छ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानबाट ठूलो परिमाणमा फर्सीको बियाँ नियन्त्रणमा लिन थालेपछि तस्करीको नयाँ शृंखला बाहिर आएको हो। झापा र इलामको सिमाना मेचीनगर नगरपालिका-१ स्थित भालु खोपको जङ्गल क्षेत्रबाट ४८५ बोरा फर्सीको बियाँ बरामद गरि... ...

नेपालखबर
किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न

काठमाडौँ । वरिष्ठ नेपाली कलाकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी काठमाडौँस्थित रुसी हाउसमा सम्पन्न भएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल संवत् ११४७ को अवसरमा रुसी हाउस... ...

रातोपाटी
उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?
Latest NewsJust now

उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?

जेसी येयुङ । उत्तर कोरिया विश्वकै ‘गरिब’ र सबैभन्दा गोप्य राखिने देशमध्ये एक हो । त्यहाँका अधिकांश नागरिकलाई बाहिरी विश्वको पहुँच छैन । सीमित व्यक्तिसँग मात्र मोबाइल फोन र कम्प्युटरको सुविधा... ...

रातोपाटी
बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित
Latest NewsJust now

बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित

​सुर्खेत । घरेलु मैदान सुर्खेतमा जारी बक्सिङ प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले कम्तीमा दुई पदक सुरक्षित गरेको छ । ​प्रतियोगिताको महिला ८० किलोमाथि (हेभी वेट) तौल समूहमा कर्णालीकी टीका श्रेष्ठ फाइनलमा प्रवेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement