Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

अनुसन्धानका नाममा पूर्वाग्रह र प्रतिशोध साँधेर कसैलाई दुःख दिनुहुँदैन : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुसन्धानका नाममा पूर्वाग्रह र प्रतिशोध साँधेर कसैलाई दुःख दिनुहुँदैन : गगन थापा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैप्रति पूर्वाग्रह र प्रतिशोध राखेर दुःख दिन नहुने बताउनुभएको छ। आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले अनुसन्धान कानुनअनुसार हुनुपर्ने र कसैले गल्ती गरेको भए राजनीतिक आबद्धताका आधारमा उन्मुक्ति पाउन नहुने बताउनुभयो। कांग्रेसमा आबद्ध भएकै कारण कसैले राज्यबाट अतिरिक्त सुविधा पाउन नहुने र पार्टीमा आबद्ध भएकै कारण राज्यको दुराग्रह, अत्याचार तथा पूर्वाग्रहको सिकार पनि हुन नहुने उहाँको भनाइ थियो। यही सिद्धान्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताका हकमा पनि लागू हुने उहाँले स्पष्ट पार्नुभयो। सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कांग्रेसले कसैलाई अपराधी करार नगर्ने उल्लेख गर्दै सभापति थापाले दोषी भए–नभएको निर्णय गर्ने जिम्मेवारी राज्यका अनुसन्धान निकाय र न्यायिक प्रक्रियाको भएको बताउनुभयो। तर, प्रधानमन्त्री, रास्वपा सभापति वा सरकारसँग निकट रहेकै आधारमा कसैले उन्मुक्ति पाउन नहुने उहाँको धारणा थियो। कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी भएको उल्लेख गर्दै उहाँले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टीका सदस्यले आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवन पारदर्शी राख्नुपर्ने बताउनुभयो। आफू र पार्टीका सबै सदस्य अनुसन्धानका लागि तयार रहेको भन्दै उहाँले कानुनसम्मत अनुसन्धानमा सहयोग गर्ने तर गलत र अन्यायपूर्ण व्यवहारको प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो। पार्टीका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रह राखिएको अवस्थामा कांग्रेस उनीहरूको पक्षमा उभिने पनि उहाँले बताउनुभयो। पार्टी सभापतिकै कारण कुनै पनि सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन नदिनु आफ्नो जिम्मेवारी रहेको उहाँको भनाइ थियो। यसैगरी, सभापति थापाले सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी राख्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। सुकुम्बासी समस्या, प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको अवस्था, सहकारीपीडितको रकम फिर्ता गर्ने प्रतिबद्धता तथा सरकारले घोषणा गरेका कार्यक्रमको कार्यान्वयनबारे जनतामाझ पुगेर प्रश्न उठाउनुपर्ने उहाँले बताउनुभयो। सरकारले सयौँ प्रतिबद्धता र घोषणा गरे पनि तिनको कार्यान्वयन भए–नभएको विषयमा प्रतिपक्षी दलका रूपमा कांग्रेसले जनतालाई जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो। प्रधानमन्त्री कार्यालयको दुरुपयोगलगायत विभिन्न प्रकरणबारे अध्ययन, विश्लेषण र तथ्य संकलन गरेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। थापाले स्थानीय तहमा कांग्रेसको भूमिका र जिम्मेवारीबारे पनि स्पष्ट पार्नुभयो। कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा पार्टीका प्रतिनिधिले सरकारको कार्यसम्पादन, उपलब्धि र घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो। कांग्रेस नेतृत्वमा रहेका स्थानीय तहमा सरकार र पार्टीबीचको दूरी कम गर्नुपर्ने तथा कार्यकालको अन्तिम चरणमा घोषणापत्रका प्रतिबद्धता पूरा गर्न थप प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो। त्यस्तै, कांग्रेस प्रतिपक्षमा रहेका स्थानीय तहमा जनहितकारी कामका लागि रचनात्मक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। निर्वाचनमा पराजित भएकै कारण स्थानीय सरकारले गर्ने राम्रा काममा अवरोध सिर्जना गर्न नहुने उल्लेख गर्दै सभापति थापाले आफूले नेतृत्व गरेका स्थानीय तहमा विपक्षी दलबाट जस्तो व्यवहारको अपेक्षा गरिन्छ, अन्य स्थानीय तहमा पनि कांग्रेसले त्यस्तै व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो। यसैगरी, पार्टी पुनर्जागरणका लागि संगठनात्मक संरचनामा परिवर्तन आवश्यक रहेको सभापति थापाले बताउनुभयो। पार्टीको सन्देश जनतासम्म पुर्‍याउने मुख्य माध्यम संगठन भएकाले बदलिँदो समय र आवश्यकताअनुसार संगठनलाई रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद
Latest NewsJust now

पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद

तेस्रो मुलुकबाट आयातित फर्सीको बियाँ पूर्वी सिमाना झापा हुँदै अवैध रूपमा भारत तस्करी हुने गरेको पाइएको छ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानबाट ठूलो परिमाणमा फर्सीको बियाँ नियन्त्रणमा लिन थालेपछि तस्करीको नयाँ शृंखला बाहिर आएको हो। झापा र इलामको सिमाना मेचीनगर नगरपालिका-१ स्थित भालु खोपको जङ्गल क्षेत्रबाट ४८५ बोरा फर्सीको बियाँ बरामद गरि... ...

नेपालखबर
किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न

काठमाडौँ । वरिष्ठ नेपाली कलाकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी काठमाडौँस्थित रुसी हाउसमा सम्पन्न भएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल संवत् ११४७ को अवसरमा रुसी हाउस... ...

रातोपाटी
उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?
Latest NewsJust now

उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?

जेसी येयुङ । उत्तर कोरिया विश्वकै ‘गरिब’ र सबैभन्दा गोप्य राखिने देशमध्ये एक हो । त्यहाँका अधिकांश नागरिकलाई बाहिरी विश्वको पहुँच छैन । सीमित व्यक्तिसँग मात्र मोबाइल फोन र कम्प्युटरको सुविधा... ...

रातोपाटी
बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित
Latest NewsJust now

बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित

​सुर्खेत । घरेलु मैदान सुर्खेतमा जारी बक्सिङ प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले कम्तीमा दुई पदक सुरक्षित गरेको छ । ​प्रतियोगिताको महिला ८० किलोमाथि (हेभी वेट) तौल समूहमा कर्णालीकी टीका श्रेष्ठ फाइनलमा प्रवेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement